जापानको जङ्गलमा भेटियो पोखराका गुरुङको शव

जापानको जङ्गलमा भेटियो पोखराका गुरुङको शव


कुक भिषामा सात वर्षअघि जापान पुगेका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको राससले जनाएको छ । मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै पोखराका गुरुङ भएको पुष्टि गरेको हो ।
ढिलो गरी प्राप्त समाचारअनुसार तीन साताअघिदेखि सम्पर्कविहीन भएका गुरुङको शव मृत्यु भई सडेर सनाखत गर्न नसकिने अवस्थामा गत बिहीबार भेटिएको थियो ।

बताइएअनुसार घाँटीमा गहिरो दाग देखिएपछि डिएनए परीक्षण गरिएको थियो । डिएनए र परीक्षण रिर्पोटबाट आत्महत्या गरेको पुष्टि पछि शव आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ । गुरुङले के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन । दुई छोराछोरी र श्रीमती रहेका गुरुङ हालै मात्र जापान पुगेकी श्रीमतीसँगै इवाराकीमा बस्दै आएका थिए । छोरा र छोरी पोखरा घरमै रहेको बताइएको छ ।

japan