वृद्धा बिरालीको बिदाइ

वृद्धा बिरालीको बिदाइ


Old Cat
संसारकै सबभन्दा बढी उमेरकी पोथी बिरालोको तीस वर्षको उमेरमा मृत्यु भएको छ । स्कुटर नाम दिइएको स्यामिज क्याट नश्लको उक्त बिरालीलाई हालै मात्र गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले संसारकै सबभन्दा वृद्ध बिरालीको रूपमा नाम दर्ता गरेको थियो । टेक्सासनिवासी गेल फ्लाइड नामक व्यक्तिले पालेको उक्त बिरालीले मानिसले एक सय छत्तीस वर्ष बाँचेबराबरको जीवन बाँचेको अमेरिकी पशु चिकित्सकले जनाएका छन् ।