बगैँचाबाटै उड्ने’भो विमान

बगैँचाबाटै उड्ने’भो विमान


जल्द आएगा छोटा निजी विमान जो घर के बाग से भी भर सकेगा उड़ान.

के कसैले प्लेनलाई आफ्नो बगैँचाबाटै उडाउने र त्यहीँ अवतरण गर्ने कल्पना गरेका होलान् ? निश्चय पनि यस्तो सोच दुस्साहसपूर्ण मानिन्छ । तर, जर्मनीको एक कम्पनीले निजी प्रयोगमा उपयोगी हुने यस्तो विमान निर्माण गर्दै छ जसलाई घर–कम्पाउण्डबाटै उडाउन र अवतरण गर्न सकिनेछ । बिजुलीबाट चल्ने उक्त दुईसिटे प्लेनलाई घरको भित्तामा रहेको बिजुलीको सकेटबाटै चार्ज गर्न सकिने कम्पनीको कथन छ । दैनिक प्रयोगका लागि उपयुक्त विमान निर्माणमा लागिपरेको जर्मनीको स्टार्ट–अप कम्पनीले सो जहाजमा डक्टवाला पङ्खा जडान गरिने हुँदा ध्वनि–प्रदूषणरहित हुने जनाएको छ । खासगरी सहरवासीलाई लक्षित गरेर उत्पादन गर्न लागिएको सो जहाज उडानमा सहज र सुरक्षित रहनुका साथै वातावरणमैत्री हुनेछ । त्यसको दायराचाहिँ पाँच सय किलोमिटर मात्र हुने र आगामी सन् २०१८ सम्ममा बिक्रीका लागि बजारमा आइसक्ने बताइएको छ ।