नेकपा माओवादी केन्द्रमा को को अटाए ?

नेकपा माओवादी केन्द्रमा को को अटाए ?


Mao kendra

पार्टी एकीकरणको निकै लामो कसरतपछि विभिन्न घटकमा विभक्त दश माओवादीबीच एकताको घोषणा गर्ने सफलता प्रचण्डलाई मिलेको छ । बिहिबार राजधानीमा आयोजित घोषणासभामार्फत एकीकृत नेकपा९ (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी विद्रोही समूह, नयाँ शक्ति नेपाललगायतले आफूहरु पार्टीगत रुपमा एक भई नेकपा माओवादी केन्द्र को नाममा एकत्रित भएको घोषणा गरे ।

उक्त घोषणासभामा एनेकपा )माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समूहमा विभाजित सबै माओवादी घटकबीच एकता भई नयाँ क्रान्तिकारी पार्टी नेकपा माओवादी केन्द्रको जन्म भएको घोषणा गर्दै नयाँ आधारमा निर्माण भएको पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई विजयको शिखरमा पु¥याउने र नेपाली जनताको सपना र चाहनालाई पूरा गर्ने बताए । उनले प्रक्रियाको सुरुवातसँगै पार्टीमा देखिएको टुटफुटबाट पाठ सिकेर क्रान्तिकारी माओवादी एकै ठाउँमा आएको उल्लेख गर्दै यसले नेपाली जनतामा नयाँ उभार पैदा गर्नेछ भने क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने बताए ।

पार्टी टुटफुटमा हराउँदा सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपाङ्ग भएका क्रान्तिकारी योद्धाले सोध्ने प्रश्नको उत्तर आफूहरुसँग नरहेको भन्दै उनले आगामी दिनमा ती वर्ग तथा क्षेत्र मात्रै नेपाली जनतालाई नयाँस्तरमा नेतृत्व गर्नसमेत आफूहरु सफल हुने विश्वास व्यक्त गरे । उनले माओवादी क्रान्तिकारीको विजयको दिन सुरु भएको भन्दै आगामी एकाध महिनामै आफूहरुको पक्षमा देशव्यापी चमत्कार ल्याउने पनि दाबी गरे । टुटफुटबाट निराश भएका नेता तथा कार्यकर्तामा एकताले नयाँ चमत्कार ल्याउने, सुस्ताएकाहरु उठ्नेछ र जनताको पक्षमा देशव्यापी माहोल सिर्जना हुने प्रचण्डले घोषणा गरे ।
प्रचण्डले देशव्यापी रुपमा सङ्गठन निर्माण र सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै माओवादीका पराजयका दिन सकिए, अब विजयको दिन सुरु भएकोले अब कोही पनि निराश हुनुनपर्ने उल्लेख गरे । माओवादीलाई कमजोर पारेर, अपमानित गर्ने प्रवृत्तिको पराजय र जनताको विजयका दिन प्रारम्भ भएको प्रचण्डको कथन थियो ।
अहिलेको एकता माओवादीको मात्रै एकता नभई सच्चा क्रान्तिकारी कम्युनिस्ट र राष्ट्रिय एकता पनि भएको भन्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिन आयोगको काम पनि सकारात्मक रुपमा अगाडि बढ्ने विश्वास पैदा भएको अभिव्यक्ति दिए । माओवादी क्रान्तिकारीलाई कमजोर पारेर कोही कसैले राजतन्त्र फर्काउने सपना देखेको भए पनि त्यो सपना आजैबाट चकनाचूर भएको छ भनी चर्को स्वरमा बेलेका प्रचण्डले प्रचण्डले जनताको एजेण्डालाई सम्बोधन गर्न सदन, सडक र सरकारबाट सङ्घर्ष गर्ने उल्लेख गरे । माओवादी एकताले राष्ट्रिय एकता बलियो भएको उनको भनाई थियो ।

यसरी दश वर्षसम्मसँगै जनयुद्ध लडेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोहो¥याएका माओवादीका नेता विभिन्न समूह र घटक एकै ठाउँमा उभिँदा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र हेमन्तप्रकाश ओली नेतृत्वको कम्युनिस्ट न्युक्लियसले भने एकता प्रक्रियालाई ‘नवसंशोधनवादी’को संज्ञा दिँदै वक्तव्य जारी गरेका छन् । एकता प्रक्रियामा सहभागी हुन नवघोषित पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमा अपिल गरिहँदा वैद्यले भने वक्तव्य मार्फत एकतालाई अस्वीकार गरिदिए ।
नवघोषित माओवादी पार्टीको केन्द्रीय समिति ६ सय ९९ रहने जनाइएको छ । सबै केन्द्रीय सदस्यलाई गाउँ गाउँमा पठाएर सङ्गठन सुदृढीकरण गरिने र जनतालाई फेरि एकताबद्ध र सङ्गठित गरिने पनि बताइएको छ । माओवादी सुत्रका अनुसार नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, महासचिवमा थापा, उपमहासचिवमा कृष्णबहादुर महरा, सचिवमा टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, देवप्रसाद गुरुङ, पम्फा भुसाल लगायत रहेन्छन् ।