भत्काइँदै एमालेको बल्खु कार्यालय

भत्काइँदै एमालेको बल्खु कार्यालय


UML

नेकपा एमालेले भूकम्पपछि क्षति भएको बल्खुस्थित आफ्नो पुरानो पार्टीभवन भत्काउने भएको छ । एमाले पार्टी सचिवालय सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा मंगलबार बसेको केन्द्रीय कार्यालय व्यवस्थापन गर्न गठित कार्यदलको बैठकले पुरानो पार्टी कार्यालयको भवन भत्काउने निर्णय गरेको हो ।

सचिव योगेश भट्टराईका अनुसार बैठकले भवन भत्काउनका लागि बोलपत्र आह्वान गरेको छ । भट्टराईद्वारा जारी विज्ञप्तिमा भवनमा भएको सामग्री लैजानसमेत इच्छुक कम्पनी, संस्था र व्यक्तिलाई सार्वजनिक आह्वान गरिएको छ । यही जेठ १६ गते आइतबार साँझ ५ बजेसम्म बोलकबोलसहित आशयपत्र हालको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुझाउन आह्वान गरिएको हो ।

भूकम्पले क्षति पु¥याएपछि एमाले मुख्यालय अहिले धुम्बाराहीमा सरेको छ । अहिले पुरानो कार्यालयको परिसरमा सम्पर्क समन्वय कमिटी, पार्टीको मुखपत्र नवयुगको वितरण शाखा र नवयुग छापाखाना मात्र रहेका छन् । साढे चारतले भवन भूकम्पबाट क्षति भएपछि सबै सामान सारिएको थियो ।