आफ्नै छोरीद्वारा प्रचण्डलाई चुनौती

आफ्नै छोरीद्वारा प्रचण्डलाई चुनौती


आफ्ना पिता पार्टी अध्यक्ष प्रचण्डले धेरै ठूलो केन्द्रीय समिति बनाएको भन्दै सुपुत्री रेणु दाहाल केन्द्रीय समितिको बैठकमा भाग लिन गइनन् । रेणु पार्टीको महाधिवेशनमा निर्वाचनमै भाग लिएर प्रतिस्पर्धाबाट केन्द्रीय सदस्य बन्ने हैसियत राख्छु भन्दै बैठकमा भाग लिन नगएकी हुन् । जोसुकैलाई केन्द्रीय सदस्य बनाइएको भन्दै रेणुले प्रचण्डसमक्ष असन्तुष्टि पोखेकी थिइन् । आफ्नो परिवारभित्रबाट छोरा प्रकाश दाहाल, बुहारी बिना मगर र भतिज समीर दाहाललाई पनि प्रचण्डले केन्द्रीय समितिमा मनोनीत गरेका छन् । पार्टी एकीकरणपछि आयोजित जम्बो केन्द्रीय समितिको बैठकमा छोरी रेणुले भाग नलिए पनि प्रकाश, बिना र समीरले भाग लिएका थिए । आफू मनोनीत केन्द्रीय सदस्य भएर नबस्ने जानकारी पनि रेणुले आफ्ना पितालाई गराएकी छिन् ।

केन्द्रीय समितिमा लेखराज भट्टको चालकका रूपमा लामो अनुभव संगालेका सरल भाटलाई मनोनीत गरिएको छ भने दीनानाथ शर्माले पनि आफ्नी प्रिय पुत्री कल्पना शर्मालाई केन्द्रीय समितिमा प्रवेश गराएका छन् ।

Prachanda-Renu