बाजी जित्न छातीकै ट्रान्सप्लान्ट

बाजी जित्न छातीकै ट्रान्सप्लान्ट


Brayan

बाजी जित्नकै लागि आफ्नो शरिरसँग खेलबाड गर्ने दुस्साहसी संसारमा कति होलान् ? एक अमेरिकीले बाजी जित्नकै लागि आफ्नो ब्रेस्ट नै ट्रान्सप्लान्ट गरेर सबैलाई चकित पारेका छन् । यिनको नाम हो ब्राइन, जसले एक लाख डलर बाजी जित्नको लागि आफ्नो छाती परिवर्तन गरी महिला अङ्ग प्रत्यारोपण गराए । कुरा १९९७ कै हो, एक साथीसँग हँसीमजाक गर्ने क्रममा ब्राइनले आफ्नो छातीमा महिलाको जस्तो स्तन उम्रिदिए कति खुशी हुनेथिएँ भन्ने अभिव्यक्ति दिए । उनको यस कुरामा साथीले पनि रमाइलो प्रस्ताव गरे । छातीको अङ्ग बदली महिलाको स्तन टाँसेर देखाउने हो भने आफूले लाख डलर प्रदान गर्ने ब्राइनका साथीको प्रस्ताव थियो । यो प्रस्तावलाई उनले चुनौतीकै रूपमा लिए र छाती ट्रान्सप्लान्ट गरेर महिलाको जस्तो बनाउन तयार रहेको भन्दै साथीसँग बाजी लगाए । ठट्टैठट्टामा कुरा निकै अघि बढ्यो, ब्राइनले आफ्नो छातीलाई महिलाकै जस्तो तुल्याउने नै भए । चिनजानको एक चिकित्सकसँग एक घण्टा जुवा खेलेर ब्राइनले चार हजार डलर जिते, त्यसवापत रकम नलिई उनले उनै चिकित्सकमार्फत् छातीको ट्रान्सप्लान्ट गराए । यसरी छातीमा स्तन उमारेका ब्राइनसँग बाजी हारेका साथीले सर्तमुताविक एक लाख डलर त दिए, तर सदाका लागि ब्राइन भने हास्यास्पद शरिर बोकेर हिँड्न बाध्य भएका छन् ।