शहरै अटाउने जहाज

शहरै अटाउने जहाज


Worlds_largets_ship_

विश्वकै अहिलेसम्मको ठूलो पानीजहाज व्यवसायिक प्रयोजनमा उत्रिएको छ । ‘हार्मनी अफ द सीज’ नामक यस भीमकाय जहाजमा एकैसाथ साढे पाँच हजार यात्रु अटाउँछन् । अढाई वर्ष लगाएर तयार गरिएको यसको मूल्य करिव १३ अर्ब रहेको छ । तीन सय एकसट्ठी मिटर लम्बाई र सत्तरी मिटर उचाई रहेको यस जहाजभित्र २० वटा रेष्टुरेन्ट, २३ वटा स्विमिङ पुल छन् भने १६ वटा गेष्ट डेस्क, ५२ वटा ठूला रुखसहितको बँगैचा र ११ हजार २ सय ५२ वटा कलाकृति सजाइएका छन् ।