कङ्गारुमाथि आइलाग्यो आपत

कङ्गारुमाथि आइलाग्यो आपत


Kangaru

कङ्गारुको देशका रूपमा समेत चिनिने अष्ट्रेलियामा कङ्गारुमाथि विपत्ति आइलागेको छ । कुनै प्राकृतिक विपत्ति नभई त्यहाँको सरकारले नै कङ्गारुको सङ्ख्या घटाउने नीति अवलम्बन गर्न लाग्दा निर्दोष प्राणीमाथि सङ्कट आइलागेको हो । अत्याधिक मात्रामा कङ्गारुको सङ्ख्या वृद्धि भएबाट पर्यावरणमै विध्वंशक दुष्प्रभाव परेको निचोड अष्ट्रेलियाली सरकारले निकालेको छ र कङ्गारु नियन्त्रण गर्ने वार्षिक रणनीति अख्तियार गरिँदै छ । यसअन्तर्गत एक हजार नौ सय कङ्गारु तत्काल मारिने छन् र यसै सातादेखि राजधानीवरपरका क्षेत्रमा कङ्गारु मार्ने अभियान आरम्भ पनि भइसकेको छ । कङ्गारुकै कारण हरियाली क्षेत्र नासिएको मूख्य आरोप लगाइएको छ भने अष्ट्रेलियामा यही अभियोगमा विगत वर्षमा पनि चार हजार कङ्गारु मारिएका छन् ।