लचकदार सुन्दरी

लचकदार सुन्दरी


Ramailo 1

जिम्नास्किट खेलाडीका अनेक प्रदर्शन हामीमध्ये धेरैले देखेकै हुनुपर्छ, तर यी युवतीले प्रदर्शन गर्ने ‘जिम्नास्टिक’चाहिँ अलिक उदेकलाग्दो नै छ । पाँच फुट नौ इन्च उचाई भएकी २४ वर्षीया यी रसियन सुन्दरीको प्रदर्शनबारे सुन्दैमा पनि अनौठो, असहज या अपत्यारिलो लाग्छ । ज्लाटा नामकी यी युवती यतिका हाइटका बाबजुद सानो टुल आकारको कुर्सीमा पनि हातखुट्टा खुम्च्याएर बस्न सक्छिन् । ४ वर्षकै उमेरदेखि आफ्नो शरीरलाई कुनै पनि दिशामा मोड्न सक्ने खुबी प्रदर्शन गर्दै आएकी यिनले आफूलाई पछिल्तिरबाट पूरै ९० डिग्रीमा घुमाउन सक्छिन् भने जम्मा पचास सेन्टिमिटरको बक्सामा यिनी आफूलाई आरामले अटाउँछिन् । आफ्नो मांसपेसी तन्दुरुस्त राख्न अत्याधिक अभ्यास गर्दैआएकी ज्लाटाले हालै सानो फ्रिजमा आफूलाई घुसाएर सबैलाई आश्चर्यमा पारेकी छिन् ।