यी हुन् विश्वकै कान्छी आमा

यी हुन् विश्वकै कान्छी आमा


five years

कर्नाटक (भारत)मा विश्वकै ज्यादा तौल भएकी बच्ची (६ किलोग्रामभन्दा ज्यादा)को जन्म भएको घटनाले यतिबेला निकै चर्चा पाएको छ । यस्तो भारी तौलको शिशुलाई जन्म दिने आमाचाहिँ जम्मा १९ वर्षकी हुनाले पनि यस घटनाले विश्वस्तरमै चर्चा बटुलेको छ । तर, संसारकै सबभन्दा कम उमेरमा बच्चा जन्माउने आमाको उमेर कति थियो भन्ने तथ्य सुन्दा जोकोही पनि आश्चर्यमा पर्न सक्छ । पत्याउनै गाह्रो परे पनि अहिलेसम्मको प्रामाणिक रेकर्डअनुसार पेरूकी लिना मेडिना नामक महिलाले जम्मा पाँच वर्षको उमेरमै सन्तान जन्माएर संसारलाई नै चकित पारेकी थिइन् । सन् १९३३ मा जन्मेकी लिनाको आठ महिनाको उमेरमै रजस्वला भएको थियो भने चार वर्षको उमेरमा उनी पुष्ट स्तनसहितकी पूर्ण यौवना बन्न पुगेकी थिइन् । जब उनी पाँच वर्ष पुगिन् उनको पेट अस्वाभाविक किसिमले बढ्न पुग्यो । उनकी आमा भिक्टोरियाले पेटमा ट्युमर भएको आशङ्कामा छोरीलाई अस्पताल लगिन् । तर, चिकित्सकले लिनाको पेटमा कुनै ट्युमर नभई आठ महिना पुगिसकेको एक स्वस्थ बच्चा हुर्किरहेको जानकारी दिएपछि भिक्टोरिया मात्र होइन, सारा विश्व नै चकित पर्‍यो । अन्तत: १४ मे १९३९ का दिन शल्यक्रियामार्फत लिनाले बच्चालाई जन्म दिइन् । उनलाई यस्तो अवस्थामा पुर्‍याएको दोष उनकै बाबुमाथि लगाइयो, तर आरोप पुष्टि हुन नसकेपछि पक्राउ परेर पनि लिनाका बाबु रिहा भए । लिनाले पनि यसबारे आजसम्म मुख खोलेकी छैनन् । सायद उनलाई त्यो कसरी भयो भन्नेबारे ज्ञान नै नहुँदो हो । लिनाले पाँच वर्षको उमेरमा जन्माएको छोरोको चालीस वर्ष उमेरमा सन् १९७९ मा मृत्यु भइसके पनि सन् १९७२ मा रोल जुराडो नामक पुरुषसँग बिहे गरेकी लिना भने जीवित नै छिन् ।