लडाकु महिलाको देश

लडाकु महिलाको देश


Yeruselam

विश्वका प्राय:जसो देशमा सैन्य सेवामा महिलाको प्रवेश खुला रहेको पाइन्छ । तर, संसारमा एउटा यस्तो देश पनि छ जहाँ महिलाको निम्ति मिलिट्री सर्भिस अनिवार्य तुल्याएको छ । यदि कुनै युवतीले सैनिक सेवामा जान इन्कार गर्छिन् भने त्यसबापत उनले बेग्लै सजाय भोग्नुपर्ने हुन्छ । यस्तो कडा नियम भएको मुलुक हो– इजरायल । वास्तवमा इजरायल दुनियाँको यस्तो देशका रूपमा चिनिन्छ जहाँ मिलिट्री सर्भिसमा महिलाको सेवा जरुरी ठानिन्छ । इजरायलको स्थापनाकाल अर्थात् सन् १९४८ देखि नै स्थल, जल र वायुसेवा तीनै निकायमा महिलाले अहम् भूमिका निर्वाह गर्दै आएका छन् । आईडीएफमा ८८ देखि ९२ प्रतिशत क्षेत्रमा महिलाले नै जिम्मेवारी सम्हालिरहेका छन् र मासिक धर्म, विवाह, प्रेग्नेन्सीजस्ता मामलामा तिनले विशेष छुट्टी पाउँछन् । ‘क्लास १६ ए’अन्तर्गत मिलिट्री सर्भिसमा फिमेल कम्ब्याट सोल्जर्सको लागि तीन वर्ष सेवा दिनु अनिवार्य छ भने महिलाले ३८ वर्षको उमेरसम्म रिजर्भ सर्भिस जारी राख्नुपर्ने व्यवस्था गरिएको छ । इजरायलमा प्रत्येक वर्ष पन्ध्र सयको सङ्ख्यामा फिमेल कम्ब्याट सोल्जर्स आईडीएफमा प्रवेश गरिरहेका हुन्छन् ।