लुटेरालाई सजाय दिने यिनको काइदा

लुटेरालाई सजाय दिने यिनको काइदा


chor Nangai

कोलम्बियाको राजधानी बोगोटामा हालै एक महिलाले आफ्नो पर्स लुट्न खोज्ने लुटेरा पुरुषलाई दिएको सजाय र उक्त घटनासँग सम्बन्धित तस्बिर यतिबेला भाइरल बन्न पुगेको छ । लुटेरा युवक सुरुमा त चक्कु देखाएर महिलाको हातेझेला लुट्न सफल भएको थियो, तर हिम्मतिली महिलाले तत्काल वरपरका मानिसको मद्दत लिएर चोर पुरुषलाई पक्रिइन् । जुत्ता खोलेर दनादन प्रहार गर्दासम्म चोर पुरुष हात जोडर गिडगिडाउँदै माफी माथ्दै थियो । तर, महिलाको हृदय पग्लिएन, बरु चोरलाई सजाय दिने अनौठो तरिका फुरेछ उनलाई । उनले चोर पुरुषलाई आफ्नो शरीरको कपडा उतार्न अह्राइन् । चोरले सर्ट खोल्यो, पाइन्ट पनि खोल्यो, तर महिलाको चित्त बुझेन । उनले ‘अन्डरवेयर’समेत खोल्न दबाब दिइन् । लुटेराले बाध्य भएर त्यो पनि फुकाल्यो । त्यसपछि लात हान्दै महिलाले उसलाई घिस्याउँदै सहर घुमाउन थालिन् । तमासेहरूले आनन्द उठाउँदै थिए, यस्तैमा महिलाको बाहुपासबाट फुत्किएर दुई हातले गुप्ताङ्ग ढाक्ने प्रयास गर्दै चोर कुलेलम ठोक्यो ।