जहाँ एलियन्स उत्रने गर्छन्

जहाँ एलियन्स उत्रने गर्छन्


chor Nangai

रुसको उराल क्षेत्रस्थित पर्म (एम जोन) अनौठा रहस्यले भरिएको स्थान मानिन्छ । एकेतेरिनावर्गभन्दा करिब दुई सय ८० किमि टाढाको पर्म क्षेत्रमा कुनै दोस्रो ग्रहबाट आएको अन्तरिक्ष यान (यूएफओ) उत्रिने गर्छ । यहाँ कैयन यस्ता ‘यान’ देखिएको दाबी गर्नेहरूको कमी छैन । जोसुकै व्यक्ति पनि उक्त स्थानमा पुगेपछि केही अलग, रहस्यपूर्ण र चामत्कारिक शक्तिको उपस्थिति भएको अनुभव गर्छन् । उक्त क्षेत्रमा अनेक रहस्यमयी आवाज निस्कने गर्छ जसको स्रोत के हो कसैले थाहा पाउँदैनन् । रुसको बरमुडा त्रिकोण भनेरसमेत चिनिने पर्म जोन पुग्ने बिमार व्यक्ति कुनै उपचारबिना ठीक हुने गरेको पनि बताइन्छ । एलियन्स सवार हुने यान बेलाबेलामा उत्रिने भनिएको सो स्थानमा जमिनबाट आगोको मुस्लो पनि उठ्ने गरेबाट सो क्षेत्रलाई अत्यन्त रहस्यमयी ठानिएको हो । कतिपय वैज्ञानिकले उक्त क्षेत्रको जमिनमुनि विशाल तेल भण्डार रहेकोले यस्ता अनौठा हर्कत अनुभूत हुने गरेको तर्क पनि गर्ने गरेका छन् ।