क्यानडा घुम्नुअघि जानौँ यी कुरा

क्यानडा घुम्नुअघि जानौँ यी कुरा


Canada

क्यानडा एक सुन्दर र शानदार मुलुक भएकाले विश्वका जुनकुनै देशका नागरिक यसको भ्रमण गर्न चाहन्छन् । हरेक वर्ष लाखौँ मानिस क्यानडा भ्रमणमा निस्कन्छन् । यसरी यात्रामा निस्कनुअघि गन्तव्य–मुलुकका नियमकानुनबारे जानकारी हासिल गर्नु आवश्यक मात्र होइन कहिलेकाहीँ त बिनाजानकारी यात्रा गर्दा ठूलाठूला समस्या पनि आइपर्न सक्छ । जहाँसम्म क्यानडाको सन्दर्भ छ, त्यहाँको यात्रा गर्नेले झुक्किएर पनि कुनै रूख चढ्नुहुँदैन, क्यानडामा यो गैरकानुनी मानिन्छ । यस्तै, सर्प, छेपारोजस्ता जीवजन्तुका सोखिन व्यक्तिले पनि सावधानी अपनाउनुपर्छ । सार्वजनिक स्थानमा सर्पलगायत लिएर हिँडे जेलको हावा खानुपर्ने हुन्छ । साइकल, मोटरसाइकलको हर्न बजाउन यहाँ मनाही छ भने सार्वजनिक स्थलमा कसैलाई गाली गर्नु, विवाद तथा झगडा गर्न पनि सख्त मनाही छ । पार्क, कार्यालयजस्ता भीडभाड हुने स्थानमा ठूलो स्वरमा म्युजिक इन्स्टु्रमेन्ट बजाउने अनुमति रत्तिभर छैन भने जादु प्रदर्शनलाई पनि त्यत्तिकै कडाइसाथ प्रतिबन्ध लगाइएको छ । ज्युँदो मुसाको खरिदबिक्री गर्न पनि क्यानडामा प्रशासनिक अनुमतिबिना प्रतिबन्ध छ ।