पर्यावरणप्रेमी चालक

पर्यावरणप्रेमी चालक


विश्व पर्यावरण दिवसEPA

विश्व पर्यावरण दिवसको अवसर पारेर कोलकाताका एक ट्याक्सीचालकले आफूलाई पर्यावरणप्रति निकै सचेत तथा चिन्तित नागरिकको रूपमा अघिसारेका छन् । विश्वको पर्यावरण बचाउने अभियानअन्तर्गत धनन्जय चक्रवर्ती नामक यी ट्याक्सी ड्राइभरले आफ्नो ट्याक्सीको छतमा हरियो घाँस रोपेका छन् भने ट्याक्सीभित्र पनि मिलेसम्म रूख–बिरुवाले ढपक्क ढाकेर यिनले यात्रुलाई हरियालीसहितको सेवा दिने गरेका छन् ।