बन्दुक बोक्न शौचालय अनिवार्य

बन्दुक बोक्न शौचालय अनिवार्य


toilet

भारतको मध्यप्रदेशस्थित सिहोर जिल्लाका एक धनी किसानले छोराको बिहेमा हेलिकोप्टर लिएर दुलही लिन गएको घटना निकै चर्चामा रह्यो । बुहारी भित्र्याउन हेलिकोप्टर प्रयोग गरेकाले भन्दा पनि त्यति सम्पन्न परिवारमा पनि घरमा शौचालय नभएको कारण सो घटना चर्चामा आएको थियो । यस्तै हालत मध्यप्रदेशकै राजगढ जिल्लामा पनि रहेछ । धनीभन्दा धनी व्यक्तिको घरमा पनि शौचालय नभई खुला स्थानमै शौच गर्ने संस्कारलाई अन्त्य गर्न त्यहाँको प्रशासनले अनौठो उपाय अवलम्बन गरेको छ । उक्त जिल्लाका प्राय: सबै बासिन्दा आफूसँग बन्दुक राख्न रुचाउँछन् । साथमा लाइसेन्सवाला बन्दुक हुनु ठूलो शानमानको विषय ठान्ने प्रवृत्ति त्यहाँ छ । यसैलाई हतियार तुल्याएर प्रशासनले बन्दुकको लाइसेन्स लिन चाहनेले घरमा शौचालय बनाएको प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने प्रावधान बनाएको छ । लाख रुपैयाँको बन्दुक राख्न सक्ने तर दुई–चार हजारमै निर्माण गर्न सकिने शौचालय निर्माण गर्न किन नसक्ने भन्ने तर्कका आधारमा यस्तो नियम बनाएको राजगढ प्रशासनको तर्क छ ।