५५ करोडको नम्बरप्लेट

५५ करोडको नम्बरप्लेट


Car number Plate

गाडीको कुनै खास नम्बरप्लेटका लागि मानिस कतिसम्म खर्च गर्न सक्दारहेछन् भन्ने आश्चर्यलाग्दो उदाहरण बन्न पुगेका छन् संयुक्त अरब इमिरेट्सका एक व्यवसायी । आरिफ अहमद अल–जरौनी नामक व्यवसायीले लिलामकर्तालाई नै ताजुब तुल्याउँदै सोचेभन्दा बीस गुणा रकम ‘नम्बर १’ लेखिएको कारको उक्त नम्बरप्लेटका लागि भुक्तान गरिदिए । प्लेट खरिद गरेको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अल–जरौनीले आफू हरदम हरेक कुरामा एक नम्बर रहनुपर्ने मानसिकताले ग्रस्त रहेको बताउँदै एउटा नम्बरप्लेटका लागि आफूले पचास लाख डलर (लगभग ५५ करोड रुपैयाँ) खर्च गरेको जानकारी दिए । गत शनिबार भएको लिलामीमा अल–जरौनीले खरिद गरेको १ नम्बरका अलावा १२, २२, ५०, १००, ३३३, ७७७, १०००, २०१६, २०२० र ९९९९ नम्बरका प्लेटहरू सर्वाधिक मूल्यमा लिलामी भएका थिए, जसबाट लिलामकर्ता निकायलाई एक करोड ३६ लाख डलर आम्दानी भएको थियो ।