सतक सन्तानको लक्ष्य

सतक सन्तानको लक्ष्य


father 100 Children

तीन पत्नीबाट पैँतीस बच्चा जन्माइसकेका पाकिस्तानी पुरुष सरदार जोन मोहमद खिलजी सय सन्तानका पिता बन्न चाहन्छन् । उनको हालको उमेर ४६ वर्ष छ, अबका आठ–दश वर्षभित्रै सय सन्तानको बाबु बन्न उनी यतिबेला नयाँ पत्नी घर भित्र्याउने सुरसार कस्दै छन् । त्यसो त तीन पत्नीले पनि सय बच्चा पुर्‍याउने उनको लक्ष्यमा भरपूर साथ दिने वाचा गरेका खिलजीको दाबी छ । तीन पत्नीबीच राम्रो मेलमिलाप रहेकाले नयाँ–नयाँ विवाह गर्न र सक्दो चाँडो सय सन्तान जन्माउन आफूलाई हौसला मिलेको उनी बताउँछन् । मुस्लिम धार्मिक रिवाजअनुसार धेरै सन्तान पैदा गर्नु आफ्नो कर्तव्य रहेको बताउने सरदार खिलजी पेसाले मेडिकल टेक्निसियन हुन् भने आफ्ना सबै सन्तानलाई एक–एक गरी चिन्ने र सबैको नाम कण्ठ रहेको, कहिल्यै कुनै सन्तानलाई झुक्किएर पनि अर्को नामले नबोलाएको भन्दै उनी गर्व गर्दछन् ।