सशक्तीकरण र विकासमा महिलाको भूमिका अपरिहार्य

सशक्तीकरण र विकासमा महिलाको भूमिका अपरिहार्य


Kishor Silwal 3

– किशोर सिलवाल

यो विराट् विश्व ब्रह्माण्ड उत्पत्ति हुनुभन्दा अगाडि दुई स्वरूप थियो । त्यो एक ‘शिवस्वरूप’ हो भने अर्को ‘शक्तिस्वरूप’ । ब्रह्म ऊर्जा फैलिने र खुम्चिने सम्पूर्ण शक्तिलाई नै समेटेर रहेको जुन शुद्ध र शान्त अवस्था (साम्य अवस्था) ब्रह्मको स्थिर अवस्था छ त्यसैलाई शिवस्वरूप भनिन्छ भने यसैलाई निर्गुण निराकार ब्रह्म पनि भनिन्छ । निराकार ऊर्जा साकार ऊर्जामा रूपान्तरित भएकाले यस्तो विषम, अशान्त र अस्थिर अवस्था ब्रह्मको सिर्जनशील अवस्थालाई नै ब्रह्मको शक्तिस्वरूप अवस्था भनिन्छ । शास्त्रमा ब्रह्मको यही सिर्जनशील शक्तिलाई कार्यब्रह्म तथा मूल प्रकृति भनिएको छ । शक्तिस्वरूप यस कार्यब्रह्मबाट नै यस विश्व ब्रह्माण्डको सृष्टि, स्थिति र प्रलयको प्रक्रिया चलिरहन्छ । यो प्रक्रिया अनादि र अनन्त छ । बिल्कुलै अनुशासित, नियमित र व्यवस्थित ढङ्गबाट चल्ने भएकाले सृष्टिको यी सनातन प्रक्रियालाई ‘शान्तिपूर्ण सिर्जनशीलताको सिद्धान्त’ भनिएको हो ।

वैदिक संस्कृतिमा अठार भुजाहरूले सुसज्जित महामाया जगत्जननी महाकाली हामी जो देख्दछौँ, ती परब्रह्म परमात्माकै अठार गुणहरूका प्रतीक हुन्, तर ती पनि महिला नै हुन् । ब्रह्मको त्रिआयामी चरित्रको २० वटा विविध शक्तिमध्येमा त्रिशक्ति (देवी)मा लक्ष्मी भगवती (इच्छाशक्ति), सरस्वती भगवती (ज्ञानशक्ति) र काली भगवती (कर्मशक्ति)को रूपमा खडा भई आ–आफ्नो भूमिका निर्वाह गर्ने ती भगवती पनि त महिला नै हुन् ।
शिव भगवान्को जुन शरीरमा आधी शरीर भगवान् शिवको हो भने आधी शरीर भगवती महिलाको पनि शिवको शरीरमा नै समाहित भई रहेकाले यसलाई ‘अर्धनारीश्वरको’ रूपमा पहिचान दिलाउनुको मतलब महिलालाई नै प्राथमिकता दिइएको र शक्ति स्वरुपिणी भगवती भएकीले नै राक्षसहरूलाई बध गरी ब्रह्मको वंशको सुरक्षा र लोककल्याणको कार्य पनि गरिएको देखिन्छ, ती पनि महिला नै हुन् ।

‘बहुुआयामिक महिला सशक्तीकरण’ वा ‘महिलावाद तथा आन्दोलन’ वा ‘अन्तर्राष्ट्रिय महिला दिवस’ सन् १९७५,मार्च ८ मा किन मनाइयो भन्नाले ब्रह्माको सृष्टिमा नै पुरुषभन्दा महिलालाई शारीरिक रूपमा कमजोर बनाइएको, पितृसत्तात्मक विश्वको मुलुकहरूको समाज वा राज्यले महिलाप्रति गरिएको लैङ्गिक असमानता र अन्याय र मानवताविरोधी गतिविधि तथा क्रियाकलापका विरुद्ध उठाइएका पाइलाहरू, आवाजहरू र मागहरूले समाजमा देखापरेका परम्परागत सामाजिक, धार्मिक र सांस्कृतिक विषयहरू जस्तो: पतिबाट कुटपिट, झैझगडा, हिंसा र बलात्कृत हुनु, संयुक्त परिवार प्रथा, जाती प्रथा, मुस्लिम महिलाको पर्दा प्रथा, घरको धन्दामा मात्र सीमित हुनु, दाइजो प्रथा, बोक्सीको आरोपबाट पिटिनु मात्र नभई सामाजिक बहिष्कार हुनु, कमलरी प्रथा, छोरीले शिक्षादीक्षाबाट वञ्चित हुनुुपर्ने, आफन्तको काजकिरियामा दागबत्ती दिन र किरियापुत्री बस्न नमिल्ने संस्कार, पति र आफन्तबाट नै महिला बेचबिखन हुनुपर्ने, बेरोजगारी समस्याले विदेशमा घरेलु कामकाजमा जाँदा शोषित, पीडित, बलात्कृत, कुटाई खानुपर्ने र सती प्रथाको उन्मूलन आदि यावत् कुराको विरोधस्वरूप विश्वमा महिला आधा जनसङ्ख्या भएकाले परापूर्वकालदेखि महिलामाथि भइरहेको दुव्र्यवहारलाई मनन गरी महिलाको उत्थान गर्नुपर्ने महसुस गर्‍यो र समाज वा राज्यले महिलालाई समुचित भूमिका प्रदान नगरेसम्म आर्थिक समृद्धिको गति तीव्रतर पार्न सकिँदैन भन्दै गर्दा सर्वप्रथम अमेरिकामा सन् १९०८ मा न्युयोर्क सहरमा १५ हजार महिला उपस्थित भई काम गर्ने समय कम गर्नुपर्ने, राम्रो तलब र मतदानको अधिकार माग गरिएको, सन् १९१० मा कामकाजी महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनीकी क्लारा जेट्किनले माग पेस गर्ने दिनका रूपमा मनाएको, सन् १९११ मा अस्ट्रिया, जर्मनी, स्विटजरल्यान्ड र डेनमार्कले १९ मार्चका दिन प्रथमपटक अन्तर्राष्ट्रिय नारी दिवस मनाए, जसमा १० लाख महिला र पुरुषको सहभागिता थियो । लगत्तै न्युयोर्कमा ठूलो आगलागी हुँदा १४० भन्दा बढी कामदार महिलाको मृत्युपछि महिलाको अवस्था र श्रमिक कानुनप्रति सबैको ध्यान केन्द्रित हुन गयो जसको फलस्वरूप सन् १९७५ मार्च ८ का दिन विश्वमा नै सबैले मनाउने गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो र हाल विश्वका २८ राष्ट्रमा यो दिन सार्वजनिक बिदा दिइन्छ भने नेपाललगायत तीन देशमा चाहिँ महिलालाई मात्र छुट्टी दिने प्रावधान छ । नेपालमा पनि यो चलन सन् १९६१ बाट मनाउने परम्परा थालिएको तथा कायम हुन गएको देखिन्छ ।

नेपालको ऐतिहासिक पृष्ठभूमि केलाएर हेर्ने हो भने आफ्नो मातृभूमिको रक्षाको खातिर महिलाले युद्धकालीन राजनीतिमा धेरै नै योगदान, बलिदान र आहुतीसमेत दिएको इतिहास साक्षी छ, चाहे त्यो लिच्छविकालीन, मल्लकालीन वा शाहकालीन किन नहोस् उदाहरणस्वरूप लिच्छविकालमा राजा मानदेवकी आमा राज्यवतीको राजनीतिमा महत्त्वपूर्ण योगदान थियो भने मध्ययुगीन इतिहास हेर्दा देवलदेवी, नायकदेवी र राजल्लदेवी भादगाउँको राजगद्दीमा आसीन हुनुको साथै उनीहरू वीर योद्धा र साहसी महिलाको पहिचानको भूमिका खेल्न सफल भएकै हुन् । इष्टइन्डिया कम्पनी अर्थात् ब्रिटिस साम्राज्यसँग काँगडाको युद्धमा कमाण्डर भक्ति थापाको कमाण्डमा खटिएको टोलीमा पुरुषसरह महिला पनि बराबर खटी ब्रिटिस साम्राज्यको विरुद्ध लडी वीरताको गाथा इतिहासको पानामा लेखिएको छर्लङ्गै छ ।

आधुनिक नेपालको इतिहासको निर्माणमा पनि महिला राजेन्द्रलक्ष्मी, चन्द्र प्रभावती र राज्यलक्ष्मीजस्ता रानीहरूले राज्य सञ्चालनमा महत्त्वपूर्ण योगदान दिएकै हुन् । नेपाली महिलाले नेपाल एकीकरण गर्दा होस् वा ग्रेटर नेपाल निर्माणमा किन नहोस् आफ्नो मातृभूमिको रक्षा र सीमा विस्तारका लागि ठूलो भूमिका खेलेकै हुन् । वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलन होस् अथवा ०६२/६३ सालको लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि किन नहोस् जस्तै नेपाली महिला योगमाया न्यौपाने, दिव्या कोइराला, मोहनकुमारी देवी, साहना प्रधान, पूर्णकुमारी देवी, शैलजा आचार्य, नोना कोइराला, उमा शर्मा र माओवादी महिला लडाकुहरू आदि साहसी तथा वीर महिलाले राणाशासन अन्त्यका लागि लोकतान्त्रिक गणतन्त्र स्थापनामा सक्रिय भूमिका निर्वाह गर्नुको साथै नेपालको राजनीतिक इतिहासमा नयांँ आयाम थपेर देशलाई हुकुमी शाासन र सामन्ती शासनबाट उन्मुक्ति दिलाउन सफल भएकै महिला हुन् ।

नेपालको ऐतिहासिक पृष्ठभूमि केलाएर हेर्ने हो भने आफ्नो मातृभूमिको रक्षाको खातिर महिलाले युद्धकालीन राजनीतिमा धेरै नै योगदान, बलिदान र आहुतीसमेत दिएको इतिहास साक्षी छ, चाहे त्यो लिच्छविकालीन, मल्लकालीन वा शाहकालीन किन नहोस् उदाहरणस्वरूप लिच्छविकालमा राजा मानदेवकी आमा राज्यवतीको राजनीतिमा महत्त्वपूर्ण योगदान थियो भने मध्ययुगीन इतिहास हेर्दा देवलदेवी, नायकदेवी र राजल्लदेवी भादगाउँको राजगद्दीमा आसीन हुनुको साथै उनीहरू वीर योद्धा र साहसी महिलाको पहिचानको भूमिका खेल्न सफल भएकै हुन् । इष्टइन्डिया कम्पनी अर्थात् ब्रिटिस साम्राज्यसँग काँगडाको युद्धमा कमाण्डर भक्ति थापाको कमाण्डमा खटिएको टोलीमा पुरुषसरह महिला पनि बराबर खटी ब्रिटिस साम्राज्यको विरुद्ध लडी वीरताको गाथा इतिहासको पानामा लेखिएको छर्लङ्गै छ ।

वर्तमान नेपालको राजनीतिक, आर्थिक र सामाजिक दृश्यलाई अवलोकन गर्ने हो भने संंविधानको दस्तावेजमा नै ३३ प्रतिशतको संसदीय निर्वाचन प्रणालीको हक र अधिकारको सुनिश्चितता गरिएकाले नै राष्ट्रिय रूपमा एमालेको तर्फबाट राष्ट्रपति पदमा विद्यादेवी भण्डारी, प्रतिनिधिसभाको सभापतिमा ओनसरी घर्तीमगर, प्रधानन्यायाधीशमा सुशीला कार्कीले तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ताको भ्रष्टाचार मुद्दा फैसला गरेर चर्चामा आएकी सपना मल्ल एमाले पूर्वसभासद, संविधान मस्यौदा समितिको सदस्य, अन्तर्राष्ट्रिय यातनाविरुद्धको क्षतिपूर्ति समितिको सदस्य र संयुक्त राष्ट्रसङ्घको पहिलोपटक प्रतिनिधिसमेत गरिसकेकी भर्खरै न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीश पदमा सिफारिस र मीरा खड्का पुनरावेदन अदालत इलामकी मुख्य न्यायाधीश हुँदाहुँदै सर्वोच्च न्यायाधीशमा सिफारिस, राजकुमारी झाँक्री विद्यार्थी सङ्घकी पूर्वअध्यक्ष हाल नवीना लामा २२औँ महाधिवेशनमा सोही पदमा विजय हासिल गरेकी छिन् भने सामाजिक क्षेत्रमा राष्ट्रिय रूपमा ख्यातिप्राप्त महिलामा माउन्ट एभरेष्ट पहिलोपटक आरोही लाक्पा शेर्पा, सीएनएन विजेता पुष्पा बस्नेत, समाजसेवी र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था ‘माइती नेपाल’का अध्यक्ष अनुराधा कोइराला, मुस्लिम महिला साजिदा सिद्दिकी, घोराहीले ०३० सालमा स्थापना गरेको १२ वटा महिला सहकारी संस्थाले १०,००० सङ्ख्यालाई रोजगारी दिएको र गाउँगाउँमा युवा समूहहरू परिचालन गरेर स्वरोजगारमूलक सेवाहरू पनि शुरु गरिएको, संखुवासभाकी ल्हाक्पा शेर्पा साताँैपटक विश्वको शिखर चुम्न सफल आरोही गिनिज बुकमा समेत नाम लेखाइसकेकीे तथा लक्ष्मी पौड्याल र श्वेता सिंह दुवैजना दृष्टिविहीन भइकन पनि सुनेको भरमा विद्यावारिधि मानविकी तथा समाजशास्त्रमा हासिल गर्न सफल हुनुको साथै २०१६ की मिस नेपाल विजेता अश्मी श्रेष्ठ, कलाकार, फेसन र डिजाइनिङ फिल्डहरूमा एकपछि अर्को सफलता हासिल गर्दै आइरहेका छन् र अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाई आफू र आफ्नो देशको शिर उच्च राख्न सफल महिला जसले नाम, दाम र काम कमाई विश्वसामु चुनौतीको रूपमा खडा भएका महिला पनि महिला नै हुन् । ती महिलामा वि.सं. २०१७ सालमा सिरिमाओ बण्दरनायके श्रीलङ्काली प्रथम प्रधानमन्त्री, भारतमा इन्दिरा गान्धी, पाकिस्तानमा बेनजिर भुट्टो, बंगलादेशमा बेगम खालिदा जिया र सेख हसिना वाजेद, ब्राजिलियन राष्ट्रपतिमा डिल्मा रुसेफ, म्यानमारकी नेतृ आङसाङ सुकी, हलिउडकी सिनेकर्मी र निर्देशक एन्जेलिना जोली, चीनकी झाङ झी फालिएको कागजको टुक्राहरू सङ्कलन गरी अर्बपति भएका छन् ।

हाडवर्ड विश्वविद्यालयका प्रा. डेबिड म्याकक्लिलेन्टका मतअनुसार महिलालाई उनीहरूका परम्परागत घरायसी कामबाट केही हदसम्म स्वतन्त्र नगरेसम्म र उनीहरूलाई समाजमा, खासगरी श्रमबजारमा महत्त्वपूर्ण भूमिका खेल्ने स्वीकृति नदिईकन दीर्घकालसम्म अर्थतन्त्र विकसित भएकोमा एउटै मात्र देशको नाम लिनु असम्भव छ ।

प्रगतिशील समाजको अन्तरनिहित सिद्धान्त र संविधान २०७२ अनुसार समानुपातिक समावेशिताको सिद्धान्तलाई ध्यानमा राख्दै महिला यही देशका नै नागरिक हुन् किन भेदभाव गर्ने, उनीहरूलाई मात्र खाना पकाउने र बालबच्चा हुर्काउनेमा मात्र सीमित नराखी महिला पनि त पुरुषसरह बल, बुद्धि र दिमागमा कम छैनन् भन्ने दृष्टिकोण राखी आर्थिक समृद्धिमा उनीहरूको सहभागिता पुरुषहरूको जति नै महत्त्वपूर्ण छ भनी महिलालाई समुचित भूमिका दिनुपर्ने तीव्र आवश्यकता सामाजिक न्यायको कुरा मात्र नभएर राष्ट्रको समग्र विकासका लागि पनि अपरिहार्य छ ।

बुज कम्पनीको एक अध्ययनअनुसार महिलाको रोजगारी दर पनि पुरुषसरह भएमा समग्र जीडीपी उल्लेख्य रूपमा वृद्धि हुने, जस्तै: अमेरिकामा ५ प्रतिशत, जापानमा ९ प्रतिशत, विकासोन्मुख देशहरूमा ३४ प्रतिशतले वृद्धि हुनेछ । ‘विकासमा महिला पहुँच’ले देशहरूले महिलाका मानवीय पुँजीमा बढी लगानी गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो । किनकि महिलाको मानवीय पुँजीमा गरिएको लगानीले मानवीय पुँजीमा गरिएको लगानीको भन्दा श्रम उत्पादकत्व, बाल स्वास्थ्य तथा परिवार कल्याणमा प्रतिफलको दर बढी प्रदान गर्दछ । विश्व बैंकको २०१२ को सर्वेक्षणअनुसार ‘बढी लैङ्गिक समानताले श्रमशक्तिमा महिला सहभागिता वृद्धि गरेर र उत्पादकत्व तथा आय वृद्धि गरेर गरिबी घटाउने तथा वृद्धि प्रबद्र्धन गर्ने युद्धमा प्रत्यक्ष सहायता पुर्‍याउन सक्छ । त्यस्तै महिला सशक्तीकरण लाभदायक असरहरू केटाकेटीमा मानवीय पुँजी र समृद्धिमा परेर अप्रत्यक्ष रूपमा सहायता पुर्‍याउन सक्छ । जस्तै: यी कुरा बंगलादेश, घाना, इन्डोनेसिया, दक्षिण अफ्रिका, चीन, भारतजस्ता देशहरूबाट प्राप्ति हुन सक्छ ।

महिला सशक्तीकरण वा आन्दोलनबाट वा समाजका जुझारूबाट प्राप्त राष्ट्रिय रूपमा उपलब्धिहरू भनेको संविधान २०७२ मा लागू भई कार्यान्वयनमा आउने संसदीय प्रणालीमा ३३ प्रतिशत सङ्ख्या, समानुपातिक समावेशी राज्यको प्रशासन अङ्गहरूमा प्रहरी, सेना र निजामतीतर्फ, पैतृक सम्पत्तिमा छोरासरह छोरीको पनि हक लाग्ने, आमाको नामबाट छोरा वा छोरीले नागरिकता प्राप्त, राज्यको संवैधानिक उच्च पदहरूमा महिला पदस्थापन हुनु नै राष्ट्र र जनताका लागि गौरव र अन्तर्राष्ट्रिय मुलुकहरूका लागि नमुनाको रूपमा खडा भएकाले पाठ सिक्न सक्ने जस्तै: राष्ट्रपति पदमा, संसदीय सभापति पदमा, प्रधानन्यायाधीश पदमा नियुक्ति भएका छन् ।

अन्त्यमा, महिला नै त्यो शक्ति हो जसको मद्दतले परिवारहरूको वंश चल्नु भनेको अटुट रूपमा राज्य सञ्चालन हुनुको साथै ब्रह्मको सृष्टिलाई सञ्चालन गरी गति दिनुको अलावा साकार पार्नु पनि हो । महिलाबिना पुरुष अपूरो र पुरुषबिना महिला अपूरो हुने भएकाले नै यिनलाई रथको दुई पाङ्ग्रा भनिएको हो । महिला मातृशक्ति, घरपरिवार र समाजको मार्गदर्शक, सन्तानलाई सुसंस्कार दिएर सशक्त, शिक्षित बनाई सक्षम र सुयोग्य बनाउने दायित्व यो महिलाकै हुन्छ, भन्नुको मतलब त्यही आमाको छोरा नै राष्ट्रको गौरव र कर्णधार पनि हुनु भनेको हो । त्यसैले ‘यत्र पुज्यते नारी, तत्र रमन्ते देवता’ भनिएको हो । नेपोलियन बोनापार्टले ‘तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र वा देश दिनेछु’ भनेर त्यसै भनेका थिएनन् होला । तसर्थ नेपाल सरकारले महिलालाई पुरुषसरहको हक र अधिकार सुनिश्चितता गर्दै राज्यको हरेक क्षेत्रका विधा र तप्काहरूमा समानुपातिक समावेशिताको सिद्धान्तअनुरूप कुनै पनि कार्यहरूमा सहभागिता गराउँदै देशको आर्थिक समृद्धिमा महिलाको भूमिकालाई अपरिहार्यता महसुस गराई लानु आजको आन्दोलित महिलावाद महिलाको सशक्त भूमिका रहने, रहिरहने र रहनेछ, यदि सबै पुरुष र महिलामा चारित्रिक चेतनाको जागरण भएमा ।
[email protected]