बोसो पगाल्न चिसोपानी

बोसो पगाल्न चिसोपानी


cold-shower

शरीरको तौल घटाउन मानिस अनेक उपाय अवलम्बन गर्छन् । कोही डाइटिङ गर्छन् त कोही घन्टौँ दौडन्छन् । यस्तै अनेक उपकरण प्रयोग गरी एक्सरसाइज गर्नेको सङ्ख्या पनि अत्यधिक छ । तर, यी सब मिहिनेत नगरी केवल चिसो पानीले नुहाएकै भरमा पनि मोटोपन कम हुने अनुसन्धानकर्ताले दाबी गरेका छन् । शरीरमा ह्वाइट फ्याट र ब्राउन फ्याट गरी दुई प्रकारको फ्याट हुन्छ । आवश्यकताभन्दा बढी क्यालोरी लिँदा अनावश्यक मानिने ह्वाइट फ्याट बढ्ने गर्छ । ब्राउन फ्याटचाहिँ शरीरका लागि अति आवश्यक हुन्छ । चिसो पानीले नुहाउँदा ब्राउन फ्याट सक्रिय भई शरीरमा ताप पैदा गर्ने र त्यसले खराब बोसो (ह्वाइट फ्याट)लाई पगालिदिने विशेषज्ञको कथन छ । यसबाहेक चिसो पानीले नुहाउँदा शरीरको इम्युन सिस्टम राम्रो हुने, तनाव कम हुने, डिप्रेसनसँग जुध्ने शक्ति पैदा हुने र दिमाग तेज रहनेजस्ता लाभ पुग्ने पनि अनुसन्धानबाट खुलेको छ ।