कति महँगो डिभोर्स !

कति महँगो डिभोर्स !


devorse walidjuffali2-ll

पति–पत्नीबीच यदाकदा खटपट हुनु सामान्य कुरा हो । असमझदारी बढ्दै गएर डिभोर्स हुनु पनि साधारण कुरा नै हो । तर, साउदी अरबका एक अर्बपतिलाई आफ्नी पत्नीसँगको पारपाचुके प्रक्रिया निकै महँगो पर्ने भएको छ । यति महँगो कि सामान्य मानिस उक्त डिभोर्सबापत पतिले पत्नीलाई उपलब्ध गराउनुपर्ने रकम सुनेरै तर्सिन सक्छन् । वालिद जुलाफी नामक ती अर्बपतिकी पत्नी क्रिस्टिना एस्ट्राडाले आफ्नो खर्चका लागि छोडिन लागिएका पतिबाट करिब ४० अर्बको माग गरेकी छिन् । एउटा घर, कार, कपडालगायत दैनन्दिनीका सरसामान खरिद गर्न आफूलाई त्यति रकम नभइनहुने मोडलसमेत रहिसकेकी ५९ वर्षीया क्रिस्टिनाको जिकिर छ । १५ वर्षअघि मात्र बिहे गरेर तेह्र वर्षअघिदेखि झगडा गर्दै आएका ती जोडी दुवै अर्बपति हुन् । आफ्नो लोग्नेसँग ६ अर्ब पाउन्ड सम्पत्ति रहेको भन्दै आफूले मागेजति रकम दिलाइपाउन उनले लन्डनस्थित कोर्टमा मुद्दा दायर गरेकी हुन् । क्यान्सरपीडित जुलाफीले चाहिँ क्रिस्टिना आफँै पनि धनी महिला हुनाले आफूले ३२ मिलियन पाउन्ड मात्र उपलब्ध गराउने बताउँछन् । मुद्दा जारी नै छ । यदि क्रिस्टिनाले मागेजति रहम हासिल भयो भने युकेको इतिहासमै यो सर्वाधिक राशिको पारपाचुके कहलिने बताइएको छ ।