गोहीलाई घोडा बनाउने वृद्ध

गोहीलाई घोडा बनाउने वृद्ध


Crocodile-man

डरलाग्दा जनावरसँग निडरताका साथ लडभिड गर्ने साहस भएका अनेक बहादुर मानिसबारे हामीले सुन्दै आएका छौँ । तर, खतर्नाक जन्तुसँग मित्रता गाँस्दै त्यसलाई काबुमा राख्ने कौशल प्रदर्शन गर्ने कति होलान् ? यस्तै एक साहसी पात्र हुन् अस्ट्रेलियाका रोब ब्रेड्ल । उमेरले ६५ नाघेका रोब अस्ट्ेरलियाको क्विन्सल्यान्डस्थित एक यस ७५ एकड जमिनमा बनेको वाइल्डलाइफ पार्कमा बस्छन् । आफ्ना बाबुद्वारा सुरुवात गरिएको सो पार्कमा उनी खतर्नाकभन्दा खतर्नाक जीवजन्तुसँग मज्जैसँग घुलमेल गर्दछन् । पार्क अवलोकनका लागि आउने टुरिस्टलाई पार्क भिजिट गराउनु उनको दिनचर्या बनेको छ । खासगरी उनी हिंस्रक गोहीमाथि सवार भई आगन्तुकलाई मनोरञ्जन प्रदान गर्छन् । उनले भीमकाय तथा खतर्नाक गोहीलाई कसरी काबुमा राख्न सके भनी दर्शकहरू छक्क पर्ने गरेका छन् । त्यसमाथि दर्जनौँपटक गोही, सर्पजस्ता जनावरबाट रोबले आफूलाई टोकाउने गरेको सुनेर उनको साहसको मानिसहरू खुलेर तारिफ गर्छन् ।