रेस्टुरेन्टमा नाङ्गिएर भोजन

रेस्टुरेन्टमा नाङ्गिएर भोजन


naked-restaurant

संसारमा अनौठा काम गरेर चर्चा कमाउने होडबाजी नै छ । यस्तै लहड मान्नुपर्छ जापानमा खुल्न लागेको नेकेड रेस्टुरेन्टलाई पनि । आगामी २९ जुलाईदेखि सञ्चालनमा आउन लागेको उक्त रेस्टुरेन्टमा मोटा मानिसलाई प्रवेश निषेध गरिएको छ भने रेस्टुरेन्ट छिर्न चाहनेले आफूलाई नाङ्गै रूपमा प्रस्तुत गर्नुपर्ने नियम बनाइएको छ । यहाँसम्म कि शरीरमा कुनै ट्याटु खोपेकालाई पनि प्रवेश नदिइने प्रावधान रेस्टुरेन्ट सञ्चालकले राखेका छन् । खाना खाँदा पनि नाङ्गै रहनुपर्ने सो रेस्टुरेन्टमा १८ देखि ६० वर्षका व्यक्तिले मात्र प्रवेश पाउनेछन् । गठिला शरीर भएका वेटरहरूले सेवा प्रदान गर्ने उक्त रेस्टुरेन्टमा प्रवेश गर्नकै लागि मात्र सात सय ५० डलर टिकट शुल्क तोकिएको छ ।