अार्इयफजेको नयाँ नेत्रित्वमा बेल्जियमका फिलिप

अार्इयफजेको नयाँ नेत्रित्वमा बेल्जियमका फिलिप


13407200_10209512338223749_4528904085369888739_nबेल्जियम । अघिल्लो कांग्रेस ४-७, जुन, २०१३ देखि डब्लिन सम्पन्न भएको थियो भने IFJ विश्व महासभा २०१६, जुन ७-१० सम्म फ्रान्सको angers मा सम्पन्न भइसकेको छ । अंजेमा सम्पन्न महासभामा विश्वका अधिकांश देशहरुबाट पत्रकारहरुको नेतृत्वले अाआफ्नो देश तथा क्षेत्रको छुट्टाछुट्टै आन्तरिक बैठक गरी रिपोर्टिङ प्रस्तुत गरेकाछन् । सो अवसरमा नेपालको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले नेपालले पत्रकारिता क्षेत्रमा भोग्नु परेका समस्याहरुको बारेमा रिपोर्टिङ गरेका थिए । छेत्रीय सामूहिक कार्यपत्र र बिधान संशाेधनपछि केन्दिय निर्वाचन आयोगले चुनावको घोषणा गर्यो । नेपाल पत्रकार महासंघको तर्फबाट सात र राष्ट्रिय पत्रकार संघबाट एक जनाले मतदान प्रकृयामा भाग लिएका थिए । संसारभरिका प्रतिनिधिहरुबाट जम्मा ३३८ मत खसेको थियो । अध्यक्षका प्रत्यासी प्रोफेसर तथा ब्राजिलका बरिश्ठ कार्टुन पत्रकार Celso Schroder सात मतले हारेका थिए ।

13344551_1099017563474693_1427126719141664281_nअन्तिम मत परिणामअनुसार अध्यक्ष Philippe Leruth [Union: AGJPB, Belgium ],बरिश्ठ उपाध्यक्ष: Younes M’Jahed ,[Union: Syndicat national de la presse marocaine, Morocco ] , उपाध्यक्ष द्वय -Sabina Inderjit [Union: Indian Journalists’ Union, India ] र Joachim Krebich [Union: DJU.Verdi, Germany ] , सम्मानित कोषाध्यक्ष -Jim Boumelha [ Union: NUJ, Great Britain & Ireland ] निर्वाचित भए भने, सल्लाहकारहरुमा क्रमशः -Abubaker Nasser , [Union: Palestinian Journalists Syndicate, Palestine ],Allami Moaied [Union: Iraqi Journalists’ Syndicate ] ,Audije Paco [ Union: FeSP & FAPE, Spain ],Bghouri Neji [Union: Syndicat National des Journalistes tunisiens – SNJT, Tunisia ],Chia Chang Yu (Michael Yu)[ Union: ATJ, Taiwan ],Cissé Khady [ Union: SYNPICS, Senegal ],Hurtado Adriana [ Union: FECOLPER, Colombia ], Laidlaw Stuart [Union: UNIFOR, Canada ],Lainez Otero Zuliana [Union: ANP, Peru ],Lorusso Raffaelle [Union: Federazione Nazionale della Stampa Italiana, Italy ],Medina Filémon [ Union: Sindicato de Periodistas de Panama ],Murphy Paul [Union: Media, Entertainment and Arts Alliance (MEAA), Australia ],Nordling Jonas [Union: Svenka Journalistforbundet, Sweden ],Osman Omar Faruk [Union: National Union of Somali Journalists – NUSOJ, Somalia ],Pradalié Dominique [Union: Syndicat National des Journalistes – SNJ, France ],Shafir Timur [Union: Russian Union of Journalists – RUJ, Russia ] निर्वाचित भए ।

13393899_739438832864162_6681984781594475741_nत्यस्तै वैकल्पिक सल्लाहकारहरुमा [ Reserve Advisers ]मा अफ्रिकाबाट क्रमशः Stephen Ouma Bwire [Union: Uganda Journalists’ Union, Uganda ],Mamadu Cande [Union: SINJOTECS, Guinea-Bissau ], एसियाबाट क्रमशः Schave Jerome de Rosario [Union: National Union of Journalists (NUJM), Malaysia ],Dhairan MDA Almutairi [Union: Kuwait Journalists’ Association, Kuwait ], यूरोपबाट Mario Guastoni [Union: Syndicat National des Journalistes (SNJ), France ], ल्याटिन अमेरिकाबाट Fernando Ramon Olivas Ortiz [ Union: SNRP, Mexico ] ,Jose Altagracia Guzman Beato [Union: Sindicato Nacional de Trabajadores de la Prensa, Dominican Republic ], उत्तर अमेरिकाबाट क्रमशः Marian V Needham [Union: The Newspaper Guild USA], ओसियानाबाट क्रमशः Shauna Black [Union: MEAA, Australia] ,Michael Janda [Union: MEAA, Australia], अतिरिक्त बैकल्पिक सल्लाहकारहरु क्रमश – mari Luisa De Carvalho Rogerio [Union: Sindicato dos Jornalistas Angolas, Angola] , Odusile Abdulwaheed [Union: National Union of Journalist, Nigeria ]ले चुनाव जितेका छन् ।

13423725_739438729530839_8060400600082438979_nस्मरण रहोस् अन्तर्राष्ट्रिय पत्रकार महासंघ पत्रकारहरुको संसारको सबैभन्दा ठूलो संगठन हो। सन् १९२६ मा स्थापित, यो संगठन सन १९४६ बाट आधुनिक ढाँचामा रुपान्तरण हुँदै १९५२ बाट स्वरुप बिस्तारमा तीब्रता दिंदै आएको छ । आज अन्तरराष्ट्रिय पत्रकार महासंघमा १३९ देशका ६००००० को हाराहारिमा सदस्यहरु रहेका छन् ।

13315706_10209512338263750_7769228803758748834_nयो महासंघले पत्रकारहरुको बलियो मुक्त र स्वतन्त्र ट्रेड यूनियनमार्फत प्रेस स्वतन्त्रता र सामाजिक न्याय रक्षा गर्ने अन्तर्राष्ट्रिय कार्य लाई बढवा दिन्छ। यो संगठनसँग आबध्द सदस्यहरुसँग कुनै पनि राजनीतिक दृष्टिकोणबाट निर्देशित संगठनको सदस्यता हुने छैन । तर मानव अधिकार, लोकतन्त्र र सामाजिक न्यायलाई बढवा दिन अाआफ्ना राज्य वा सरकारी निकायसँग आवश्यकता अनुसार सहकार्य वा बिरोधको कार्यनिती अबलम्बन गर्न सक्ने छ । सबै प्रकारका भेदभावको विरोध गर्न स्वतन्त्र हुने छ तर सामाजिक घृणा र द्वन्द्व बढाउन मिडिया प्रयोगलाई निन्दनिय मानिएको छ । IFJ राजनीतिक र सांस्कृतिक अभिव्यक्ति स्वतन्त्रता प्रतिको विश्वास, ट्रेड युनियन र अन्य आधारभूत मानव अधिकारको रक्षार्थ संसारको नेतृत्व गरिरहने छ । यो संयुक्त राष्ट्र सिस्टम भित्र र अन्तर्राष्ट्रिय व्यापार संघ आन्दोलन भित्र पत्रकारहरुको हितकोलागी प्रतिबद्ध संगठन हो । यसले पत्रकार र आफ्नो माताहतका यूनियन जसले औद्योगिक र व्यावसायिक अधिकार लागि लडिरहेका छन्, उनीहरुको समर्थन र आवश्यकता संबोधनको लागी मानवीय सहायता प्रदान गर्न एक अन्तर्राष्ट्रिय सुरक्षा कोष स्थापना गरेको छ। यसले आफ्ना नीति तथा कार्यपत्रहरु हरेक तीन वर्षमा एकपटक पुनरावलोकन र समीक्षा गर्दै नयाँ योजनाको तर्जुमा गर्दछ, ती कामहरु एक निर्वाचित कार्यकारी समितिको निर्देशन अन्तर्गत ब्रसेल्समा आधारित सचिवालयद्वारा बाहिर ल्याउँछ । जसलाई महासभाको बन्दसत्रले बहुमतीय प्रणालीद्वारा निर्णय गरी कार्यन्वयन गर्दछ ।
13412894_739438836197495_1601890844664667271_n
-डिल्लिराम अम्मार्इ