बोसो घटाउने यो कस्तो काइदा

बोसो घटाउने यो कस्तो काइदा


Stone Exercise

शरीरको तौल घटाउन मानिसहरू व्यायामका अनेक उपाय अपनाउ“छन् । यसरी प्रचलित उपाय अपनाउनु त सामान्य कुरा भयो, तर चीनका यी ५४ वर्षीय पुरुषले ज्यानको बोसो घटाउन अवलम्बन गरेको विधिले चाहि“ संसारकै सबैको मन तानेको छ । यतिबेला सोसल साइटमा भाइरल बन्न पुगेका जिलिङ सहरनिवासी कोङ याङ प्रायः टाउकोमा जा“तो आकारप्रकारको ढुङ्गो बा“धेर गल्ली–गल्ली टहलिन्छन् । ४० किलो तौलको ढुङ्गा शिरमाथि बोकी हि“ड्ने काम लरतरो पक्कै होइन, तर तौल घटाउनकै लागि अपनाएको यो उपाय कोङका लागि हामीले दालभात खाएसरह नै भएको छ । करिब तीन वर्षयता शिरमा ढुङ्गा बोक्ने अभ्यास गरेपछि उनको वजन एक सय १५ बाट घटेर ८५ केजीमा झरेको छ । सार्वजनिक स्थलमा समेत टाउकोमा ढुङ्गाको बोझ बोकेर हि“डेको देख्दा मानिसहरू उनलाई आश्चर्यपूर्वक अर्कै दृष्टिले हेर्छन्, तर उनलाई यसप्रति कुनै सरोकार रह“दैन । शारीरिक अभ्यासको यो विधिले आफूलाई निकै लाभ पुगेको उनको अनुभव छ । यति मात्र नभई आफ्नो यस रवैयालाई हतियार बनाएर उनी आफ्नो नाम गिनिज बुकमै लेखाउने सुरसार कस्दै छन् ।