बुढ्यौलीको डरले रक्तस्नान

बुढ्यौलीको डरले रक्तस्नान


Blood model-bathes

बच्चाबाट किशोर र तन्नेरी अनि वयस्क हुँदै बुढ्यौली उमेरमा नपुग्ने को होला ? संसारमा जन्म लिने सबैले ढिलो–चाँडो यो प्राकृतिक प्रक्रियाबाट पार हुनैपर्छ । यस्तो स्वाभाविक कुरासँग पनि यी मोडल युवती भने अत्यन्तै त्रसित रहिछिन् । बूढी हुनुपर्ला या आफ्नो सौन्दर्यमा कमी आउला कि भन्ने चिन्ताले यिनलाई हरदम सताइरहन्छ । यस चिन्ताबाट दूर हुन उनले अचम्मको उपाय अपनाएकी छिन् । अमेरिकाको क्यालिफेर्नियानिवासी यी १९ वर्षीया युवती शरीरको छाला चाउरी नपरोस् भन्ने हेतु दिनहुँ सुँगुरको रगतले नुहाउँछिन् । जनावरको रगत, त्यसमाथि पनि सुँगुरको रगतले शरीर पखाल्ने गरे सदा जवान रहन सकिने उनको विश्वास छ । अचम्मको कुरा त यो छ कि छाला चाउरिएर बूढी देखिने कुरासँग अत्यन्त डराएर सुँगुरको रगतले नुहाउने यिनी खानपानको हिसाबले चाहिँ पूरै साकाहारी हुन् । सुँगुरको तेलका अलावा लसुनको पाउडर र जैतुनको तेलले शरीर मालिस गर्नु र दिनमा दशचोटि मुख धुनु यिनको आदत नै बनिसकेको छ भने नातिनीको यस्तो चालाबाट यिनकी हजुरआमा भने निकै चिन्तित रहेकी छिन् ।