सर्प नै जसका साथी छन्

सर्प नै जसका साथी छन्


Snake plear

सर्पको नाम सुन्नेबित्तिकै डरले प्रायजसो मानिसका रौँ ठाडा हुन्छन् । तर, पृथ्वीमा यस्ता मानिस पनि छन् जो सर्पसँग लठारिएर खेल्न नपाए के नपुगे–के नपाए भनेझैँ छटपटिन पुग्छन् । थाइल्यान्डको बैंककस्थित पटायानिवासी यी पुरुष यस्तैमध्येका एक हुन् । हरदम विषालुभन्दा विषालु सर्पले भरिएको झोला साथमा बोकी हिँड्ने यी व्यक्ति जति साहसी छन्, उत्तिकै त्रस्त छन् यिनसँग ती खतर्नाक सर्पहरू । हुन त पटायामा यी व्यक्ति ‘स्नेक शो’ गर्ने गर्छन् । यसरी सर्पको तमासा देखाउने काम खास अनौठो होइन भन्ने तर्क पनि उठ्न सक्छ । तर, सर्प लट्याउने, तिनका दाँत निकाल्नेजस्ता कुनै हर्कत नगरी प्राकृतिक रूपमै रहन दिई जुन प्रकारका सर्पसँग यिनले सङ्गत गरेका छन्, योचाहिँ दुर्लभ कार्य नै मानिएको छ । पटायामा यिनले प्रदर्शन गर्ने सर्पको तमासा निकै लोकप्रिय छ भने यिनका तस्बिरहरू पनि सोसल साइट्समा भाइरल बनिरहेको छ ।