गौमूत्रमा सुनकै खानी

गौमूत्रमा सुनकै खानी


COW

हिन्दू संस्कारअनुसार गाईलाई देवीसमान मानेर पूजा गरिन्छ । गाईमा भएका अनेक गुनिला विशेषताका कारण गौमाता भनी हिन्दूले गाईको पूजा गर्नु स्वाभाविक पनि हो । तर, गुजरात (भारत) स्थित जुनागढ एग्रिकल्चर युनिभर्सिटीका प्रोफेसर डा. बीए गोलकियाको दाबी मान्ने हो भने त गाईलाई हिन्दूले मात्र नभई सबै धर्म, वर्ग र क्षेत्रका मानिसले पूजा गर्नुपर्ने अवस्था निम्तिन सक्छ । प्रोफेसर गोलकियाको दाबीअनुसार गाईले दूध मात्र नभई सुन पनि दिन्छिन् । चार वर्षको अनुसन्धानपछि गाईको मूत्रमा सुन मिसिएको तथ्य आफूले फेला पारेको उनको भनाइ छ । गिर नश्लका चार सय गाईको मूत्रमाथि गरिएको अनुसन्धान र परीक्षणपछि आफू गौमूत्रमा सुनको मात्रा रहेको निचोडमा पुगेको गोलकियाले जनाएका छन् । एक लिटर गौमूत्रबाट तीनदेखि दश एमजीसम्म सुन निकाल्न सकिने परीक्षणबाट प्रमाणित भएको दाबी उनले गरेका छन् । आफूले पौराणिक ग्रन्थमा गाईको दूधमा सुन मिसिएको हुने कुरा पढेको भए पनि आफू अब वैज्ञानिक प्रमाण नै पेस गर्ने हैसियतमा पुगेको पनि उनले बताएका छन् । सुनका अलावा गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय गुण फेलापरेको प्रोफेसर गोलकियाको दाबी छ ।