जनसम्पर्क समितिमा उल्लासको चर्चा

जनसम्पर्क समितिमा उल्लासको चर्चा


Ullash Pandey

विदेशमा रहेका नेपालीबीच निकै चासो र चर्चाको सन्दर्भ बनेको जनसम्पर्क समितिको निर्वाचन निकट भविष्यमै हुन लागेको छ । विभिन्न मुलुकमा रहेका एनआरएनबीच चुनावी चर्चा र उम्मेद्वारीको होडबाजीसमेत उत्कर्षमा हरेको परिवेशमा जापानमा रहेका युवा उल्लास पाण्डेको केन्द्रीय सदस्य पदको उम्मेद्वारी जनसम्पर्क समितिका आम मतदाताबीच चासोको विषय बनेको बुझिएको छ ।

०४२ असार २ गते आइतबार पिता भोजराज पाण्डे (गोपाल) र माता फुलमाया पाण्डेको कोखबाट चितवनमा जन्म लिएका उल्लास सानैदेखि राजनीतिमा होमिएका युवा हुन् । उनका पिता पनि चितवन क्षेत्र नम्बर १ का पूर्वमहासमिति सदस्य, वरिष्ठ समाजसेवी चितवनका चर्चित काङ्ग्रेस नेता हुन् । उल्लासलाई विरासतमै हासिल भएको राजनीतिक क्रियाकलापले यतिबेला विभिन्न सामाजिक तथा राजनीतिक सङ्गठनमा रही क्रियाशील हुन मद्दत पुगेको छ । स्कुल–कलेजमा रहँदा रङ्गमञ्च कलाकार र गायनमा समेत प्रतिभा प्रस्तुत गरिसकेका बहुमुखी प्रतिभाका धनी उल्लास अत्यन्त मिलनसार स्वभावका कारण साथीभाइबीच सर्वप्रिय छन् । नेपालमा ट्राभल एजेन्सी समेत सञ्चालन गरिरहेका उनले पर्यटन प्रवद्र्धनको क्षेत्रमा थोरै भए पनि योगदान पुर्‍याइरहेका छन् ।
६ वर्षअघि अध्ययनको सिलसिलामा जापान पुगेका उनी कम्प्युटर इञ्जिनियरिङ कोर्स पूरा गरी सम्बन्धित पेशामा लागिसकेका छन् ।

विदेशमा रहँदा पनि समाजसेवा र राजनीतिलाई अटुट रूपमा अघिबढाइरहेका उनी जापानमा पनि युवा वर्गमाझ लोकप्रिय छन् । क्यस्यु ओकिनावा फुकुओकाको सहसचिव भएर काम गरिसकेका उनलाई जापानमा रहेका सभापति नारायण सुवेदी, महासमिति सदस्यत्रय चिरञ्जीवी थापा, सुभास लोहनी, राजेन्द्र जम्कट्टेल र हालका कान्तो क्षेत्रका सभापति यदुराम सापकोटाले साथ–सहयोग रहेबाट उनको पोजिसन अत्यन्त पोजेटिभ रहेको दाबी गरिएको छ । युवाहरूको वास्तविक समस्या पहिचान गरी त्यसको हल निकाल्नुका साथै समाजवाद, लोकतन्त्र र रष्ट्रियताको लागि लड्न आफुले जनसम्पर्क समतिको आगामी चुनावका लागि उम्मेद्वारी घोषणा गरेको र आफ्नो विजयप्रति ढुक्क रहेको पनि उल्लासले बताए ।