मृतक पतिको शुक्राणु माग्दा…

मृतक पतिको शुक्राणु माग्दा…


sperm

अखिल भारतीय आयुर्विज्ञान संस्थानमा एक उदेकलाग्दो मामला आइपरेको छ । एक एकल महिलाले चिकित्सकसँग आफ्ना मृत पतिको वीर्य मागेर सबैलाई आश्चर्यमा पारिदिएकी छिन् । ‘द टाइम्स अफ इण्डिया’मा प्रकाशित समाचारअनुसार उपचारार्थ अस्पताल लैजाँदा एक पुरुषको निधन भएको थियो । पतिको निधनबाट अत्यन्त विचलित बन्न पुगेकी महिलाले सबै कुरा बिर्सेर आफूलाई जसरी पनि आफ्नो लोग्नेको वीर्य प्राप्त हुनुपर्ने माग तेस्र्याइन्, ता कि गर्भधारण गरेर मृतक पतिकै बच्चाकी आमा बन्न सकियोस् । केही वर्षअघि मात्र बिहे गरेका ती जोडीबाट कुनै सन्तान जन्मेका थिएनन् । महिलाका सासू–ससुराले समेत बुहारीको माग पूरा हुनुपर्ने अडान राखेपछि चिकित्सकहरू थप हैरान बनेका थिए । तर, मृतक व्यक्तिको शरीरबाट वीर्य निकाल्नेसम्बन्धी भारतीय कानुनमा कुनै व्यवस्था नभएकाले महिलाको माग पूरा गर्न नसकिएको अस्पतालले जवाफ दिएको छ । यदि कानुनी प्रावधान थियो भने मृतकको शरीरबाट २४ घन्टाभित्र आरामसाथ पाँच मिनेटमै शुक्राणु निकाल्न सकिन्थ्यो, तर नैतिक एवम् कानुनी व्यवधानका कारण नसकिएको भन्दै चिकित्सकहरू पन्छिएका छन् ।