जापानका किशोरीको यो हाल !

जापानका किशोरीको यो हाल !


Japan Girl

नेपाललगायतका तेस्रो मुलुकको दृष्टिबाट जापानलाई हेर्दा आर्थिक विकासको चरमावस्था छोएको उक्त मुलुकका बालबालिका तथा महिलाको अवस्था लोभलाग्दो हुनुपर्ने हो । तर, जापान सरकारले ‘चाइल्ड पोर्नोग्राफी’लाई अवैध मान्ने कानुन बनाएबाट त्यहाँ किशोरी एवम् महिलाको अवस्था कस्तो रहेछ भन्ने लख काट्न सकिन्छ । यतिबेला साठी लाखभन्दा बढीले युटुवमा हेरिसकेका डकुमेन्ट्री ‘स्कुल गल्र्स फर सेल इन जापान’ले पनि जापानजस्तो विकसित मुलुकका टिनएजर युवती सडकमा पुरुष ग्राहकको खोजीमा कसरी भौँतारिँदारहेछन् भन्ने प्रस्ट्याएको छ । यस्ता युवतीले मूलत: सँगसँगै वाक गरिदिने, क्याफेमा बसेर कुराकानी गरिदिने तथा फुड एवम् ड्रिङ्क्स पस्किदिने सेवा प्रदान गर्छन् । तर, डकुमेन्ट्रीले उजागर गरेअनुसार यस्ता युवतीले डेटिङ मात्र नभई सेक्स सर्भिसकै अफरसमेत गर्दछन् । १६ वर्षभन्दा पनि कम उमेर समूहका किशोरीसमेत संलग्न रहने यस धन्दामा युवती स्कुल युनिफर्ममै पनि सडकमा उभिएका हुन्छन् । प्राय: ३० देखि ५० उमेर समूहका पुुरुषले यिनीहरूको ‘सेवा’ भरपूर लिइरहेका हुन्छन् । यसरी ‘सोसलाइज’ भएबापत ती युवतीले एक घन्टाको जम्माजम्मी एक हजार रुपैयाँ मात्र चार्ज गर्दछन् । जापानका कतिपय सामाजिक सङ्घ–संस्थाले किशोरी एवम् युवतीको यस अवस्थामाथि चिन्ता प्रकट गरेका छन् ।