नीलो चलचित्रकी नायिकामाथि ज्यादति

नीलो चलचित्रकी नायिकामाथि ज्यादति


Japani Porn film

अश्लील चलचित्रमा ‘नायिका’को भूमिका निर्वाह गर्दै आएकी एक युवतीले इन्टरकोर्सको एक दृश्यलाई निर्देशकले पटक–पटक दोहोर्‍याएर सुटिङ गर्न आफूलाई बाध्य तुल्याएको भन्दै उजुरी दिएपछि जापानको पोर्न इन्डस्ट्रीमै कम्पन आएको छ । चर्को विरोधका बाबजुद आफूलाई गर्नै मन नलागेको सेक्स–एक्ट उल्टै दोहोर्‍याई–दोहोर्‍याई सुट गर्न लगाउनुमा निर्माता–निर्देशकको नियत ठीक नरहेको र आफूमाथि यौन दुव्र्यवहार भएको भन्दै ‘नायिका’ले उजुरी दिएकी थिइन् । निर्माता–निर्देशकले चाहिँ युवतीले अनावश्यक नखरा गरेर बार्गेनिङ गर्न खोजेको भन्दै सम्झौतामा उल्लेख भएअनुसार काम नगरेको अभियोगमा उल्टै जरिवाना तिराउन खोजेका थिए । तर, प्रहरीले एउटी महिलालाई क्यामेरासामु घन्टौँ नङ्ग्याएर मानवअधिकारको हनन गरेको भन्दै उनीमाथि कुनै जरिवाना नलाग्ने तर्क गरेको छ । स्मरणीय छ, मोडल बन्ने सपना बोकेका युवतीहरू अश्लील चलचित्रमा काम गर्ने र पछि आफूमाथि ज्यादति भएको भनी उजुरी गर्ने क्रमले जापानमा तीव्रता लिएको छ ।