२० वर्षे नातिका १७ वर्षे बाजे

२० वर्षे नातिका १७ वर्षे बाजे


Old & young Ramailo

प्रेम भन्ने कुरा अचम्मकै हुन्छ भन्ने थप प्रमाण टेनेसी (यूएसए)का एक जोडीले प्रस्तुत गरेका छन् । प्रेमले उमेर हेर्दैन भन्ने सुनिएकै कुरा हो । हालै वैवाहिक बन्धनमा गाँसिएका यी जोडीले पनि उमेरलाई आफ्नो प्रेमको पर्खाल बन्न दिएनन् । अन्यथा ७१ वर्षकी महिला र १७ वर्षका युवकबीच प्रेम सम्बन्ध कसरी गाँसिन सक्थ्यो र ? ७१ वर्षकी अल्मेडा एरेल आफ्नो छोराको निधनबाट अत्यन्त दुखित थिइन्, तर छोराको अन्तिम संस्कार भएकै दिन उनले १७ वर्षका गैरी हार्डविक नामक सुन्दर प्रेमी फेला पारिन् । पहिलो नजरमै उनीहरूबीच प्रेमको टुसा पलाएको थियो । प्रेम यसरी गहिरिन पुग्यो कि तीन साताकै डेटिङपछि उनीहरू वैवाहिक बन्धनमा बाँधिन पुगे । तीन वर्षअघि पति गुमाएकी अल्मेडा अत्यन्त निराश–उदास थिइन्, अब एकाएक उनको जीवनमा बहार आएको छ । भर्खर जवानी चढ्दै गरेका गैरी पनि अल्मेडासँग उनकै घरमा बस्न पाएर दङ्ग छन् । अझ रोचक त के छ भने अल्मेडाका २० वर्षे नातिले अब १७ वर्षे गैरीलाई ‘हजुरबा’ सम्बोधन गर्नुपर्नेछ ।