
– सागर
अब रहेन बुद्धको देश
सीता र सावित्रीको परिवेश
उहिलेकाले देश जोगाउन ज्वाइँ बनाए
अहिलेकाले खोपी खेल्ने घ्वाइँ बनाए
जिते फूलैफूलको माला
हारे त्यही घ्वाइँ जाला
देश बन्यो बुढो गोरुको छाला
उपनिवेशको नाममा प्युँदै छन प्याला ।
अब रहेन सीता र भृकुटीको देश
मुलुक जोगाउनका खातिर
अपनत्व बचाउनका खातिर
रामकी रमणीले लिइन् दक्षिणको जिम्मा
भृकुटीले हेरिन् स्रङ्चङ्गम्पोको गुम्बा
कठै ! चेलीले जोगाए माइतीको देश
कहाँ खोजेर पाउनु स्वर्णीम परिवेश
अरनिको दाइजो चेलीलाई प्यागोडा
अहिले किन चाहियो त्यस्तो कला
मागेर चढ्छन् महँगा गाडी र घोडा
देश लुटेर सुन र जुहारतको तोडा
जनताले लडेर लोकतन्त्र ल्याए
पद र प्रतिष्ठा लुच्चाहरूले पाए
कठै ! युवाको अरबमा त्यो गति
ठग र फटाहा देशमै खर्बपति
प्राकृतिक सम्पत्ति जालीले खाए
दैवी विपत्ति जनताले पाए
जालीले गर्छन् राहतको भाषण
नगद र दौलत नेताको गोजीमा
रैती रुमल्लिए बाइबलको खोजीमा
संस्कार र संस्कृति कसैलाई चाहिएन
बिक्री गर्न त्योबाहेक अरू केही रहेन
पश्चिमाले क्रान्ति पूर्वतिर पठाए
शान्ति र समृद्धि आफूले भित्र्याए
सिद्धार्थले सत्ता त्यागे शान्ति रोजे
नेताले क्रान्ति र सत्ता मात्रै खोजे
पाउन त पिचासहरूले खोजेकै पाए
आफू खाए देश र जनतालाई रुवाए
कहिलेसम्म रहला यस्तो परिवेश
जबतक जागेन शान्तिको सन्देश
अब रहेन बुद्धको देश !
प्रतिक्रिया