वलिउडका को–को बने बलात्कारको सिकार

वलिउडका को–को बने बलात्कारको सिकार


15 Fun 1 Rape

बलात्कारका घटनाबारे हामीले आजसम्म धेरै सुनेका छौँ । समाजका जुनसुकै तह–तप्काका महिला र यदाकदा पुरुषसमेत बलात्कार वा यौन हिंसाको सिकार भएका पाइन्छन् । यिनैमध्ये पर्छन् बलिउडका कतिपय कलाकार पनि, जसले आफू बलात्कारको सिकार बन्नुपरेको घटनालाई आफैंले उजागर गरेका छन् । जीवनको कुनै न कुनै कालखण्डमा बलात्कार वा यौन हिंसाको सिकार बनेका यी केही कलाकर्मीबारे जानौँ ।

कल्की कोएच्लिन : ‘जिन्दगी न मिलेगी दोबारा’जस्तो हिट फिल्ममा अभिनय गरेर ख्याति कमाएकी कल्कीले हालै दिएको एक अन्तर्वार्तामा बताइन् कि बाल्यकालमै उनले यौन शोषणको सामना गर्नुपरेको थियो । बलात्कारजस्तो घृणित अपराधबाट बच्नका लागि आमतप्कालाई सचेत तुल्याउने उद्देश्यले आफूले व्यहोरेको घटना उजागर गरेको तर्क गरे पनि कल्कीले कहाँ, कुन परिवेशमा, कहिले र कुन पात्रबाट त्यस्तो दुव्र्यवहार झेल्नुपरेको भन्नेचाहिँ केही बताइनन् । वर्षौंअघिको घटना हुनाले अब पात्र र परिवेशबारे कोट्याएर केही फाइदा नहुने भन्दै उनी पन्छिए पनि बलात्कारजस्तो घटनासँग जोडेर यति खुल्नुलाई पनि कल्कीको साहसी कार्य नै मान्नुपर्छ ।

सोफिया हयात : आफ्नो बोल्ड सिनका लागि फिल्म उद्योगमा विख्यात एक्ट्रेस तथा मोडल सोफिया हयातले पनि एक अन्तर्वार्ताको क्रममा आफू बलात्कृत भएको खुलासा गरेकी छिन् । उनले पनि उक्त अपराधको सामना बाल्यकालमै गर्नुपरेको थियो । नाताले आफ्ना काका पर्ने व्यक्तिबाटै आफू बलात्कृत हुनुपरेको उनले बताएकी छिन् । त्यतिबेला सोफियाको उमेर जम्मा दश वर्ष मात्र थियो ।

अनुष्का शंकर : विश्वविख्यात सितारवादक रवि शंकरकी पुत्री हुन् अनुष्का, जो आफैँ पनि एक चर्चित सितारवादक हुन् । उनले पनि बाल्यकालमै आफूले यौन शोषणको सामना गर्नुपरेको बताएकी छिन् । पात्र र परिवेशबारे अनुष्का पनि खुल्न चाहन्नन् ।

निकिता गोखले : आफ्ना बोल्ड तस्बिरको माध्यमबाट हलिउड, वलिउड सबैतिर विख्यात बन्न पुगेकी महाराष्ट्रकी बहुचर्चित मोडल निकिता गोखलेले आफू १४ वर्षकी हुँदा बलात्कृत बन्न पुगेको बताएकी छिन् । उनलाई आफ्नै एक शिक्षकले बलात्कार गरेको र सो घटनाको तस्बिरसमेत खिचिएको सनसनीपूर्ण खुलासा निकिताले गरेकी छिन् ।

अनुराग कश्यप : प्रसिद्ध फिल्मकार अनुराग कश्यपले पनि आफू एघार वर्षको हुँदासम्म लगातार यौन हिंसाको सिकार बन्नुपरेको खुलासा गरेका छन् । आफूले उक्त सन्दर्भलाई एक भयानक दुःस्वप्न सम्झेर बिर्सने कोसिस गरेको पनि कश्यपले बताएका छन् ।

सोमी अली : हिन्दी फिल्मका पारखीहरू एक सुन्दरी हिरोइनको रूपमा सोमी अलीलाई सम्झिन्छन् । सलमान खानकी पूर्वप्रेमिकासमेत रहेकीले पनि पाकिस्ताननिवासी सोमीको अहिलेसम्म चर्चा हुने गर्छ । सोमीका अनुसार जम्मा पाँच वर्षकै उमेरमा उनी यौन शोषणको सिकार बन्नुपरेको थियो । अमेरिकाको एक विश्वविद्यालयमा छात्रछात्रासमक्ष आफ्नो अनुभव सुनाउँदै चेतना बाँड्न पुगेकी सोमीले सो क्रममा यो सुझाव पनि दिइन् कि आफूसँग घटेका यस्ता दुर्घटनाको खुलासा गर्न शर्म मान्नुहुँदैन । अनुभव बाँड्दा अरूले शिक्षा पाउँछन्, सचेत बन्छन् भनेरै आफूले भोगेको यौन दुव्र्यवहारबारे बताउने गरेको तर्क उनको छ ।