सैलुङपारि हिमालमा जीतबहादुर

सैलुङपारि हिमालमा जीतबहादुर


sailumg pari

सानैदेखि मादल बजाउन र मादलको तालमा कम्मर मर्काउँदै गीत गाउन खप्पिस जीतबहादुर खड्का ‘गोपाल’ गीति एल्बम ‘सैलुङपारि हिमाल’ लिएर बजारमा आएका छन् । हालै राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनको एल्बम विमोचन गरे । घ्याङ सुकाथोकर–७, दोलखाका स्थायी बासिन्दा खड्काको यसअघि ‘हृदयको आँसु’ एल्बम आइसकेको छ । उनको एल्बमबारे प्राज्ञ तथा कवि श्रवण मुकारुङले भने, ‘खड्काको गायनमा दम छ, यो एल्बमभित्रका गीतहरू सुनेपछि उनी लोककवि पनि हुन् भन्ने दाबी गर्न सकिन्छ ।’

गोपालले ‘हर्के हवल्दार’, ‘तीतो सत्य’ र ‘हाकाहाकी’ नामक टेलिचलचित्रमा अभिनय गरेका छन् । भर्खरै बजारमा आएको खड्काको एल्बम ‘सैलुङपारि हिमाल’मा ‘च्यान्टी नानी काली काली’ र ‘पूर्वमा प¥यो दार्जेलिङ सहर’ गरी दुई गीत समाविष्ट छन् । पहिलो गीत लोकआधुनिक शैलीमा छ भने दोस्रोचाहिँ ठेट पूर्वेली लोकशैलीमा । दुवै गीतका रचनाकार तथा सङ्कलक गोपाल स्वयम् हुन् । एल्बमको पहिलो गीतमा चाहिँ धु्रवराज खड्काको सङ्गीत रहेको छ । पहिलो नम्बरको गीतको तुलनामा दोस्रो नम्बरको गीतले पूर्वेली लोकगीतका पारखीहरूको मनमा राम्रै स्थान लिने देखिन्छ । एल्बमको उत्पादन तथा वितरण वागिना म्युजिकले गरेको हो ।