कुन मुलुकमा कति बलात्कार ?

कुन मुलुकमा कति बलात्कार ?


rape

विश्वमा कुनै यस्तो मुलुक नहोला जहाँ कुनै न कुनै स्तरको बलात्कारका घटना नघटेको होस् । कतिपय मुलुकमा त महिलामाथिको बलात्कारलाई अत्यन्त सामान्य रूपमा लिइने प्रवृत्तिसमेत पाइन्छ । कतिपय देशमा चाहिँ कडा कानुन बनाएर रोक्न खोज्दा पनि उक्त घृणित अपराध झन् फस्टाएको पाइन्छ । सर्वाधिक बलात्कारका घटना हुने विश्वका नौ मुलुकमध्ये पहिलो नम्बरम पर्छ दक्षिण अफ्रिका । यस मुलुकलाई बलात्कारको राजधानी भन्ने उपनामसमेत दिइएको छ । प्रायः स–साना बालिकामाथि रेप हुने दक्षिण अफ्रिकामा सन् २०१२ मा मात्र ६५ हजार बलात्कारसम्बन्धी उजुरी परेका थिए, जब कि बलात्कारबारे उजुरी दिनेभन्दा घटना लुकाउनेको सङ्ख्या त्यहाँ अत्यधिक हुने गर्दछ । त्यहाँ बलात्कारको अभियोग सिद्ध भए जम्मा २ वर्ष कैद हुने प्रावधान रहेको छ ।

बलात्कारका लागि बदनाम मुलुक भारत पनि हो, जहाँ विदेशी महिलामाथि पनि बलात्कारका घटना निकै हुने गर्दछ । एउटा सर्भेले जनाएअनुसार भारतमा प्रत्येक २२ मिनेटमा एउटा बलात्कारको घटना भइरहेको हुन्छ । यस्तै, बलात्कारसम्बन्धी जर्मनीको आँकडा सुन्दा आश्चर्य लाग्न सक्छ । यहाँ बलात्कारकै कारण प्रत्येक वर्ष २ लाख चालीस हजार महिलाले प्राण त्याग गर्छन् । सुपरपावर कहलिएको मुलुक अमेरिकामा पनि बलात्कारको दर उच्च छ । यहाँ बलात्कारको सिकार हुनेमध्ये ९१ प्रतिशत महिला हुन्छन् भने नौ प्रतिशत पुरुष पनि बलात्कृत हुने गरेका छन् । तथापि, ९९ प्रतिशत बलात्कारीचाहिँ त्यहाँ पुरुष नै हुन्छन् । स्वीडेन पनि बलात्कारको घटनाबाट पीडित मुलुक हो । यहाँ प्रत्येक चौथो महिला बलात्कार या यौन शोषणको सिकार हुन्छन् ।

उता क्यानडामा वर्षेनी ठूलो सङ्ख्यामा बलात्कारका घटना घट्छन् र पनि जम्मा ६ प्रतिशत मामला मात्र प्रहरीसम्म पुग्छ । यहाँ ८० प्रतिशत जति बलात्कारका घटना घरभित्रै घट्ने गरेको तथ्याङ्क छ । डेनमार्क एक सानो मुलुक हो, तर यहाँ प्रतिवर्ष पाँच सयजति महिलाका साथ बलात्कार हुने गरेको छ । कार्यालयमा यौनशोषण हुने गरेका घटना डेनमार्कमा बारम्बार सुनिन्छन् । पर्यटकीय मुलुकको रूपमा चिनिने अस्ट्रेलियामा पनि बलात्कारका घटना निकै हुन्छन् भने सन् १९८० सम्म पनि बलात्कारलाई अपराध नमान्ने मुलुक फ्रान्समा त्यसयता कानुन बनाएरै रेपलाई अपराध मानिँदै आएको छ । यहाँ प्रतिवर्ष लगभग ७५ हजार बलात्कार हुन्छ र पनि १० प्रतिशत महिलाले मात्रै उजुरी गर्ने गर्छन् ।