समुन्नत समाजका लागि संस्कार परिवर्तन

समुन्नत समाजका लागि संस्कार परिवर्तन


win_20160921_020837

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले जनताले परिवर्तनको अनुभूति गर्नका लागि नेतृत्वकर्ताहरुमा संस्कार परिवर्तन हुनु महत्वपूर्ण रहेकोमा जोड दिनुभएको छ । संस्कार र नियत परिवर्तन नभएसम्म समुन्नत समाज निर्माण हुन नसक्ने मन्त्री केसीको भनाई थियो ।

मंगलवार राजधानीको बुढानिलकण्ठमा व्रम्हकुमारी राजयोग सेवा केन्द्रको बिश्व परिवर्तनका लागि परमात्मा ज्ञान, राष्ट्रिय सुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री केसीले आत्मज्ञान र ईश्वरीय ज्ञानले विश्व वन्धुत्व र भाइचारको सम्बन्ध अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । मन्त्री केसीले समाज, राष्ट्र र विश्वकै सकारात्मक परिवर्तनका लागि व्यक्ति स्वयम्मा परिवर्तन हुनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा व्यवस्थापिका संसद सदस्य दिपक खड्का, व्रम्हकुमारी ईश्वरीय अन्तर्राष्ट्रिय विद्यालय माउण्ट आवुकी राजयोगिनी उर्मीला, व्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालकी प्रमुख राजयोगिनी राजदिदीले परमात्मा ज्ञान र त्यसमार्फत व्रम्हकुमारी राजयोग सेवा केन्द्रले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा व्रम्हकुमारी राजयोग सेवा केन्द्रका विश्वभर १० हजार सेवा केन्द्रमा १० लाख भन्दा बढी र नेपालमा एकहजार पाँचसय सेवा केन्द्रमा एकलाख भन्दा बढी अनुयायीहरु संलग्न रहेको जानकारी दिइएको थियो ।