नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास


army

नेपाली सेना तथा मित्रराष्ट्र अमेरिकी सेनाको US Army Pacific (USARPAC) को संयूक्त आयोजकत्वमा दश राष्ट्र सहभागी रहेको DISASTER RESPONSE EXERCISE AND EXCHANGE (DREE) अभ्यास सुरु भएको छ । असोज ४ देखि ७ गतेसम्म सञ्चालन हुने अभ्यासको राजधानीस्थित याक एण्ड यती होटलमा उद्घाटन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले यस्ता अन्तर्राष्ट्रिय स्तरको अभ्यासले कुनै पनि किसिमका विपद् व्यवस्थापन गर्न थप मद्दत मिल्नुको साथै विपद् पूर्वतयारीमा समेत ठोस मद्दत मिल्न गई विविध प्रकारका विपदत्तिबाट पर्न सक्ने असरलाई न्युनीकरण गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यस अभ्यासले विपद् व्यवस्थापनको विद्यमान कानून, कार्यप्रणाली तथा संगठनात्मक संरचनाको अध्ययन गर्दै विपद् व्यवस्थापनमा चुस्त एवम् असरदार सामुहिक सहकार्यको लागि उपयुक्त संरचना एवम कार्यप्रणालीको विकास गरी ठुला विपद्हरुमा समेत सहज र असरदार मानवीय सहायता पु¥याउन उपलब्धीमुलक हुनेछ भन्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा वहाँले कार्यक्रममा सहभागी जनाउने सम्पुर्ण राष्ट्र, अमेरिकी सरकार, US Pacific Command, US Army Pacific, मानव अधिकार संघ, संयुक्त राष्ट्रसंघ, नेपालको सरकारी तथा गैरसरकारी संघ–संस्था लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त कार्यक्रमको दौरान नेपाल सरकारका सचिव विनोद के.सी., नेपालका लागि अमेरिकी राजदुत एलिना बी. टेप्लिज तथा संयुक्त राष्ट्रसंघीय आवशीय संयोजक सुश्री भ्यालेरी जुलियाण्डले पनि मन्तव्य राख्नुभएको थियो ।

अभ्यासको समुद्घाटन कार्यक्रममा रथीहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, विभिन्न मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मीलगायत अन्य विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका पदाधिकारीहरु समेत गरी करिव २०० जनाको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल सरकार रक्षा मन्त्रालयका नवनियुक्त रक्षासचिव श्रीधर सापकोटाबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । भेटघाटका क्रममा रक्षासचिव सापकोटा र प्रधानसेनापति क्षेत्रीबीच हाल देशको विद्यमान परिस्थिति र नेपाली सेनासम्बन्धी विविध बिषयमा छलफल हुनुका साथै रक्षासचिवसापकोटालाई नेपाली सेनाका विभिन्न गतिविधीहरुको बारेमा सम्बन्धित विभागका रथीहरुबाट प्रस्तुतिकरण समेत भएको थियो ।

shreedhar-sapkota