यसरी जिउन सिक

यसरी जिउन सिक


basanta

– वसन्त ढुङ्गाना (यात्री)

सङ्घर्ष नै हो जीवन
यसलाई अ“गालेर हि“ड्न सिक
दुःखमा रमेर
आ“सुलाई पिउन सिक
गोरेटोमा छन् धेरै का“डा
कुल्चिएरै अघि बढ्न सिक
पीडा–व्यथालाई भुल्दै
हा“सेर जिउन सिक

ठेस पक्कै लाग्न सक्छ
विचार पु¥याई हि“ड्न सिक
दौडि“दा लर्खराउनेछौ, लड्नेछौ
धिस्रि“दै फेरि उठ्न सिक
सफलताको चुचुरो पर छ
आफ्नै बाटो रोज्न सिक
खाडल पनि होलान् पथमा
पन्छिएर बच्न सिक

स्वार्थले गुम्सिएको संसारमा
निःस्वार्थ भावले रम्न सिक
लोभले भरिएको जगत्मा
दयाको अर्थ खोज्न सिक
रिसले रन्किएको धुवा“मा
मायाको भाव सल्काउन सिक
मानवता हराएको बथानमा
मानवताको बासना छर्न सिक

यन्त्ररूपी शताब्दीमा
प्रकृतिको रमिते बन्न सिक
देखासिकीमा जमेको समाजमा
आफ्नै सपना बुन्न सिक
हरेसले पोतिएका आ“तबीच
मिहिनतको रङले रङ्गिन सिक
जीवनका कैयन हतासाबीच
जागरुक जीवन जिउन सिक
आफ्नै जीवन जिउन सिक ।।

– पोकली, ओखलढुङ्गा, नेपाल