राष्ट्रपतिको हातबाट कुल पैंतीसलाई पुरस्कार

राष्ट्रपतिको हातबाट कुल पैंतीसलाई पुरस्कार


press

प्रेस काउन्सिल नेपालले पैंतीसजना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको सतचालीसौँ वार्षिकोत्सवको अवसरमा बिहीबार (असोज ६ गते) आयोजना गरिने समारोहमा पुरस्कृत पत्रकारहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । राष्ट्रपतिभवन शीतलनिवासमा पुरस्कृत हुने पत्रकारहरूमा परशु घिमिरे, डा. राजेश अहिराज, गोविन्द आचार्य, कृष्णमुरारी भण्डारी, विवश बस्ती, महेश दास, गोपाल छाङ्छा राई, दयाराम डाँगी, विनोद शाही, मोतीराम तिमिल्सेना, गोविन्द भट्टराई, कविता थापा, दुर्गा भण्डारी, उपेन्द्र केसी, शेखर अधिकारी, भुवन शर्मा, लेखनाथ न्यौपाने, मनीषा श्रेष्ठ, ऋषभ गौतम, लक्ष्मी चौधरी र गणेश लम्साललगायत कुल पैंतीसजना रहेका छन् । गोपालदास पत्रकारिता पुरस्कार प्रधानमन्त्री प्रचण्डका पे्रस सल्लाहकार एवम् माओवादी पत्रकार सेन्टरका अध्यक्ष गोविन्द आचार्यलाई, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार परशु घिमिरेलाई, आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकलाई, भाषागत पुरस्कार गोपाल छाङ्छा राईलाई, स्तम्भ लेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डाँगीलाई दिइने भएको छ । कुल पैंतीसमध्ये करिब आधा दर्जन पुरस्कृत व्यक्तिहरू किशोर श्रेष्ठद्वारा सम्पादित जनआस्था साप्ताहिकसँग सम्बद्ध रहेका छन् ।