सुनौलीको सस्तो बजार, ठगिन्छन् नेपाली हजार–हजार !

सुनौलीको सस्तो बजार, ठगिन्छन् नेपाली हजार–हजार !


sunauli-3

नेपालीको महान् चाड बडादशैँको चहलपहल बढेको छ । दशैंको लागि भनेर विदेशमा रहेका दाजुभाइ दिदीबहिनी एवं कार्यालयको व्यस्तताले विभिन्न जिल्लामा रहेका व्यक्ति पनि दशैंका लागि आ–आफ्ना जन्मथलोमा आशिर्वचन लिनको लागि जाने परम्परा छ ।

मुलुकको राजधानीका अलावा भैरहवा, बुटवललगायत देशका विभिन्न ठाउँमा दशैंका लागि शुपथ मूल्य पसल सञ्चालन भएका छन् । बडादशैंको चहलपहल नेपालतिर बढ्दै गए पनि दशैंंको व्यापारिक कारोबार भने सीमावर्ती भारतीय बजारमा फस्टाउँदो छ । दशैं तिहारलाई आवश्यक पर्ने सामान खरिद गर्ने नेपाली उपभोक्ताको अत्यधिक भीडले सुनौली बजारमा बेग्लै रौनक छ । बुटवल, भैरहवा, पाल्पा, गुल्मी लगायतका ग्रामीण भेगका मासिन जिल्ला सदरमुकाम तथा नजिकको बजारमा नयाँ कपडा किन्नेहरूको भिड पनि उत्तिकै मात्रा छ । तर त्यो भन्दा बढी भारती नाकामा सुनौलीमा सामान किन्ने नेपालीहरुको भिड लागेको छ ।

नेपाली बजारभन्दा उपभोग्य वस्तु सीमावर्ती भारतीय बजारमा सस्तो पाइने विश्वासले दशैं तिहारको सामान किन्न नेपालीको भीड सीमावर्ति क्षेत्र सुनौली बजारमा लाग्ने गरेको छ । हरेक सामान भारतमैं सस्तो पाइन्छ भन्ने गलत सोच नेपाली उपभोक्ता सुनौलीमै ठगिने गरेका हुन् । चिनीको मूल्य सस्तो देखाएर नेपालीलाई लोभ्याउने चलन भारतीय सिमावर्ती क्षेत्र सुनौलीका व्यापारिमा छ । चिनीको मूल्य सस्तो देखाएर चियापत्ति, टुथपेष्ट, तेल, सर्फ र मसलामा ठग्ने गर्दछन् । विशेष गरेर सुनौलीमा साडी, कुर्ता सलवार, सुटका कपडा, शृङगारका सामान किन्ने अधिकांश नेपाली महिला भेटिन्छन् भने चिनी, चिया, खाने तेल, दाल, मरमसाला, तयारी अचार, दालमोठ, नमकिनलगायत विभिन्न खाद्य सामग्री खरिद गरिने नेपाली उपभोक्ता पनि त्यतिकै छन् । त्यस्तै इलोक्ट्रोनिक्सका सामग्री, भान्साका सरसामान र विलासिताका सामानहरु किन्न पनि नेपाली उपभोक्त सुनौली नै पुग्छन् ।

भैरहवामा साल्ट टेडिङ्घ कर्पोरेशन लिमिटेड लुम्बिनी अञ्चल क्षेत्रीय कार्यालय भैरहवाले दशैं, तिहार तथा छठ पर्वकोलागि सर्वसाधारण जनतालाई लक्षित गरेर चिनी तथा नुन बिक्रि गर्दै आएको छ । प्रतिकेजी चिनीको मूल्य ७९ रुपैयाँ रहेको छ भने नुनको मूल्य १६ रुपैंयाँमा बिक्री वितरण गरिएको छ । नेपालीहरुलाई दशैंको बेलामा सुनौली गएर ठगिन नपरोस भनेर आफूहरुले आफ्नो कम्पाउन्ड भित्र सस्तो बजार सञ्चालन गरेको कार्यालय प्रमुख हरिचन्द्र श्रेष्ठले बताउनुभयो ।

बुटवल भैरहवाभन्दा निकै सस्तोमा सुनौलीमा सामान पाइन्छ भन्ने विश्वासमा बजारको लागि सुनौली पुग्ने गरेको नेपाली ग्राहकहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले भारतीय एक सय रुपियाँको विनिमय दर रु. १ सय ६० कायम गरेको छ । सुनौलीका व्यापारीले भारतीय रुपियाँका लागि नेपाली उपभोक्ताबाट १ सय ६५ देखि १ सय ७५ रुपियाँ सम्म असुल्ने गरेका छन् । भारतका अन्य नाकामा भन्दा सुनौलीमा अरु समयको तुलनामा झण्डै दोब्बर मूल्य पर्छ । सुनौली जानेको भीड दिन प्रतिदिन बढ्न थालेपछि चेकिङको नाममा सिमानामा पनि त्यत्तिकै सास्ती खेप्नुपर्ने हुन्छ ।

खुला सीमा र दैनिक रोजीरोटीका लागि भिषाको आवश्यकता नपर्ने भएकाले स्वाभाविक रुपमा भारतसँग नेपालको सबैभन्दा निकट सम्बन्ध रहेको छ । तर दशैं तिहारको मौका छोपि घर फर्कने नेपालीहरुका लागि सास्ती पनि उत्तिकै मात्रामा रहेको छ ।

– पुनहरि बेल्बासे (भैरहवा)