भारतका राष्ट्रपतिको नेपाल भ्रमण तय

भारतका राष्ट्रपतिको नेपाल भ्रमण तय


pranab-mukherjee_

चिनियाँ राष्ट्रपतिको नेपाल आगमन अन्योलमा परेको समाचार चर्चामा रहेकै बेला दक्षिण छिमेकी भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भ्रमण गर्ने तिथि तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति मुखर्जीले अगामी कातिक १७ देखि १९ अर्थात् नोभेम्वर २ देखि ४ सम्म नेपालको भ्रमण गर्दै हुनुहुन्छ ।

दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रालय मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमणको तयारीमा तीव्र रुपले लागिपरेको परराष्ट्र स्रोतले जनाएको छ । राजनीतिक उतारचढावका कारण लामो समयदेखि थाती रहेको राष्ट्रपति मुखर्जीको भ्रमणको मिति तय भएको हो । यसअघि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भएको थियो । तर, तत्कालिक प्रधानमन्त्री केपी ओलीको अप्रत्यासित पहलकदमीमा राष्ट्रपति भण्डारीको भारत भ्रमण एक्कासी स्थगित हुन पुगेको थियो ।