नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम सुरु

नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम सुरु


nepali-us-army

छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको स्पेसल अपरेशन ग्रुपबीच संयुक्त तालिम/अभ्यास ‘Teak Nail 17-01’ सञ्चालन भएको छ । उक्त तालिम विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा आधारित रही महावीर गण (रेञ्जर) छाउनी, रसुवा जिल्लाको लाङटाङ र कास्कीको पोखरा इलाकामा कार्तिक २६ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उक्त संयुक्त तालिमको लागि मित्रराष्ट्र अमेरिकी सेनाको टोली मिति गत असोज २७ गते आवश्यक तालिम सामाग्रीसहित नेपाल आएको थियो । यस प्रकारको संयुक्त तालिम÷अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आइरहेको छ । संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्नुका साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनहरूसँग सहकार्य गरी विपद् व्यवस्थापन गर्ने क्षमतामा समेत अभिबृद्धि हुन जाने सेनाले जनाएको छ । साथै, यस्ता संयुक्त तालिम÷अभ्यासबाट दुई मित्रदेशबीचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।