प्रचण्डमाथि रोहितको गम्भीर आरोप

प्रचण्डमाथि रोहितको गम्भीर आरोप


narayanman

प्रधानमन्त्री पुष्पकमल दाहालमाथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले गम्भीर आरोप लगाएका छन् । दाहाल छिट्टै देशद्रोही सावित हुने रोहितको भविष्यवाणी छ ।

रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले माओवादीले दश वर्ष सञ्चालन गरेको तथाकथित जनयुद्धमा छिमेकी भारतको सहयोग रहेको दाबी गर्दै वर्तमान परिस्थिति ल्याउनकै लागि त्यस्तो रक्तपातपूर्ण युद्ध मच्चाइएको र माओवादीका नेताहरुले कठपुतलीको काम गरेको आरोप लगाए । भारतले अब प्रचण्डलाई रुखको बोक्रा फालेसरी मिल्काउने दाबी समेत बिजुक्छेले गरे ।

प्रचण्डलाई कांग्रेसले फाल्तु जोकरका रुपमा अघि सार्दै आफूले विगतका गल्ती सुधार गर्ने योजनामा रहेको र केही महिनाभित्रै सत्ताको नयाँ समिकरण देखिने उनको विश्लेषण छ । तोकिएको समयमा निवार्चन गर्न सरकार नै नलागेको भन्दै रोहितले निर्वाचन आयोगले समेत सरकारले सहयोग नगरिरहेको बताएको परिवेशमा निर्वाचन नहुने औंल्याए ।

प्रचण्डले जति नै कोशिस गरे पनि यस्तै वातावरणमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेकोमा रोहितले जोड दिए । संविधान संशोधन गरी मधेश आन्दोनका गलत माग सम्बोधन गर्नेतर्फ सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने भन्दै बिजुक्छेंले गलत माग सम्बोधन भए नेपाली नागरिक नै अल्पमतमा पर्ने तर्क गरे ।