हिन्दु महाशभामा के भने पूर्वराजाले ?

हिन्दु महाशभामा के भने पूर्वराजाले ?


grand_hindu_c

विश्व हिन्दु महासंघको आयोजनामा कात्तिक ४, बिहीबारदेखि पशुपतिस्थित वनकाली क्षेत्रमा ‘अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन’ सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट उद्घाटन भएको महासम्मेलन विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिको मुख्य आयोजनामा भएको हो । विश्वका तीन दर्जनभन्दा बढी मुलुकका हिन्दूहरूको प्रतिनिधित्व रहने र चारवटै पीठका शङ्कराचार्य तथा एक हजारभन्दा बढी मठाधीश एवम् धार्मिक गुरुहरूको विशेष उपस्थिति रहने दाबीका साथ सुरु भएको सो महासम्मेलनको संयोजक जनरल भरतकेशर सिंह र सहसंयोजकमा भारतीय लोकसभा सदस्य एवम् गोरखनाथ पीठाधिश्वर योगी आदित्य नाथ र पूर्वमहासेनानी हेमबहादुर कार्की सहसंयोजक रहेका छन् । ६ गते शनिबारसम्म चल्ने महासम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्म एवं दर्शन विश्वकै महान र उदार भएको उल्लेख गर्नुभयो । उहाँले अध्यात्म जीवन पद्दति विश्वकै निम्ति अनुकरणीय भएको बताउँदै सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था तथा आदर्श हिन्दु धर्मको सार संक्षेप हो भन्ने आफूलाई लागेको प्रस्ट्याउनुभयो । विश्वको यो प्राचिन ऐतिहासिक पाशूपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गूरु, सन्त, महात्मा, पिठाधिश, मठाधिश एवं विद्वान विवेचकहरुको भेला हुनु आफैमा स्तूत्य कार्य रहेको पनि उहाँले बताउनुभयो ।

महासम्मेलनमा पूर्वराजाबाट गरिएको सम्बोधनको पूर्ण पाठ जस्ताको तस्तै :

जगतगूरु शंकराचार्य, मठाधिश, पिठाधिश, गूरुवाचार्य र यस अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनमा उपस्थित हुनुभएका ओमकार परिवारका धर्मगुरु तथा हिन्दु दर्शनका चिन्तकहरु ।

धार्मिक, दैविक र प्राचिन ऐतिहासिक तथ्य बोकेको नेपाल भुमिमा आई समारोहको उद्घाटन गर्ने अवसर प्रदान गर्नुहुने अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलन आयोजक तथा यहाँ उपस्थित सबै धर्मपरायण, संघ संस्था तथा आस्थाका पात्रहरुप्रति पनि म आभार व्यक्त गर्दछु ।

हिन्दु धर्म एवं दर्शन विश्वकै महान र उदार छ । अध्यात्म जीवन पद्दति विश्वकै निम्ति हनुकरणीय छ । सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था तथा आदर्श हाम्रो धर्मको सार संक्षेप हो भन्ने मलाई लाग्दछ । विश्वको यो प्राचिन ऐतिहासिक पाशूपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गूरु, सन्त, महात्मा, पिठाधिश, मठाधिश एवं विद्वान विवेचकहरुको भेला हुनु आफैमा स्तूत्य कार्य हो । म यहाँ पाल्नुभएका जगतगूरु शंकराचार्य, म७ाधिश, पिठाधिश, गुम्वाचार्य र विभिन्न आश्रम प्रमूख धर्माधिमहरुप्रति हार्दिक नमन गर्न चाहन्छु ।

धर्म जो धारण गरिन्छ त्यसको धेरै कारण छन् । आत्मउन्नति, परमार्थ र परमपुण्य मात्र होइन, धर्मले राष्ट्र, समाज एवं सामाजिक सद्भावको आवश्यकतालाई पनि उजागर गर्दछु । राष्ट्रको आस्था, अखण्डता, एकता, सहिष्णुतालार्ई अभिवृद्धि गर्न र आन्तरिक एवं अन्तर्राष्टिय सद्भावको प्रवद्र्धन गर्न पनि यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ भन्ने मेरो धारण छ ।

सम्पुर्ण हिन्दु दर्शन एवं संस्कृतिमा हिमाललाई देवभुिम मानिएको छ । त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरि हिमालको शोभा र नेपालको महत्व बढाएको छ । यसै धार्मिक भावनाबा६ै नेपालले देवभुमि, तपोभुमि, योगभुमि भन्ने नाम पाएको छ । हिन्दु अनुयायीका आराध्यदेव पशूपतिनाथले यसैकारण आफ्नो संरक्षणमा राख्नुभएको छ । चारै वेद, उपनिषद, अठार पुराण, भावगत् गीता, रामायण, महाभारत आदि गन्थ्रहरु र ऋषि, ऋषिका, महर्षि, सन्त, महन्त, महापुरुषहरु कैलाश पर्वतदेखि गंगाको मैदान हुँदै कन्याकुमारीसम्मका उपज हून् । अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दु धर्म ओमकार परिवारमा वौद्ध, किराँत, प्रकृतिपुजक, जैन, शिख, आदि समष्टिहित केन्द्रित अध्यात्मवादको उद्गम पृष्ठभुमि हो ।

गूरु गोरखनाथको आशिर्वाद प्राप्त यो भुमिमा हामी एकत्र भएका छौँ । नेपाल हिन्दु, बौद्धहरुको लागि सधै प्रेरणाको अक्षय श्रोत हो । आज हाम्रो धर्म, संस्कृति माथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पूनंजागृत र सूसंस्कृत बनाउन एकवद्ध गर्नुपर्ने खाँचो देखापरेको छ ।

जुनसुकै युग, देश र कालमा पनि सत्य, सत्य नै रहन्छ त्यसैगरी असत्य, असत्य नै । यो कुरा हाम्रा ऋषि महर्षिले सिकाएका हुन् र मानव मात्रले अनूभव गरिआएको कुरा हो । आफ्नो भाषा, इतिहास, धर्म, दर्शन र संस्कृति देशका धरोहर हुन्, वैभव हुन् र प्राण हुन् । यिनको समुचित रुपमा संरक्षण, सम्बद्र्धन र समादर गरेर नै आफ्नो मूलूकलाई ओजस्वी, तेजस्वी बनाउन हामी सबै जागृत हुनु परेको छ ।

हाम्रो दर्शनलाई नयां बाटो चाहिएको छैन । तर नयाँ सोच अवश्य चाहिएको छ । यस्तो सोच होस् जसले पुरानै बाटोमा हामी अगाडि बढ्न सकौँ । नयाँ दायित्व होइन तर यस्तो शक्ति होस् जसले भइरहेकोलाई सजिलोसंग फैलाउन सकोस् । भविष्य भनेको एउटा सेतु होस् जसमा आस्था र विकासको जरा, मानवीय अनुभव र आत्मीयताले भरिभराउ होस् ।

कहिल्यै पराजित नभएको नेपाल, कुनैबेला विश्व शान्ति, आध्यात्म संचेतना र सहिष्णुताको उपमा थियो भने, आज हामी कुन अवस्थामा छौ भनेर सोच्नैपर्ने बेला आएको छ । राष्ट्रको समग्र परिस्थिति र वितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहिन यात्रा हाम्रा निम्ति अभिशाप सिद्ध भएका छन् । यस्तो विषम, जटिल र क्लिष्ट परिस्थिति किन र कसरी श्रृजना भयो, यसका कारक तत्व के के हुन्, भन्ने कुरा, अब नेपाली जनताले नै प्रश्न गर्नुपर्ने वेला भएको छ । सनातन धर्म, संस्कृति र सभ्यताको प्राचिन भूमि नेपालले आफ्नो मौलिक चिनारी हजारौँ वर्षको पुरानो सभ्यता, परम्परागत धर्म, संस्कृति तथा राष्ट्रियता प्रतिको संवेदनशिलतालाई हृदयंगम गरेर सबै मिलि अघि बढ्ने हो भने हामी पुनः दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सक्दछौँ ।

राजर्षि जनकका आदर्श, वुद्धका वाणि, स्वामी विवेकानन्दका विचार तथा अन्य अनेकौ विद्धान र विदूिषहरुले देखाएको बाटो र हजारौ वर्षदेखि हाम्रा पुर्वजवाट विरासतमा प्राप्त सदगुण र सदविचार, अनुशरण गर्दै अगाडि बढ्न सके मात्र ज्ञान र विज्ञानका बीच सन्तुलन कायम गर्न सक्दछौँ । गाई, गंगा, गूरु, गायत्री, वेद, उपनिषद, गीताका पूजक सनातन हिन्दु अनूयायीका रुपमा प्रश्न गर्न चाहन्छौँ कि विश्व मानचित्रको हिन्दु तथा बौद्ध अग्रणी नेपाल तथा समस्त हिमवतखण्डको संरक्षण कसरी हुन सक्दछ ? दुई ठूला छिमेकीको धार्मिक, सांस्कृतिक, आध्यात्मिक सम्बन्ध सेतु हिमवत खण्ड नेपालको धर्म, संस्कृति, सभ्यता र आध्यात्मको केन्द्र जोगाउने के सामूहिक दायित्व भित्र पर्दैन ?

तराईमा वसोवास गर्ने नेपालीहरु आफ्नो धार्मिक साध्य पूरा गर्न पहा८ी र हिमाली क्षेत्रमा अवस्थित मूक्तिनाथ, गोसाईकुण्ड, हलेषी र पाथिभरा जस्ता पवित्र तिर्थ स्थलसम्म पुग्छन् भने, हिमाली र पहाडी क्षेत्रमा वसोवास गर्ने नेपालीहरुको पवित्र धाम जनकपूर र लूिम्वनी रहेको५ । यसरी हामी नेपालीलाई धार्मिक दृष्टिले पृथक भुगोलप्रति आस्था, विश्वास र भरोसाको कडीले एउटै सूत्रमा बुनेको छ । सनातनी हिन्दुहरु जो जहाँ छन् त्यही सुसंस्कृत, सभ्य र शान्त छन् । जहां हिन्दु हुन्छन् त्यहाँ शान्ति र सद्भाव हुन्छ । असत्यलाई निरुत्साही गर्दै सत्य स्थापित हुँदै जान्छ भन्ने उक्तिको चरितार्थ गर्दै विश्वमा उत्पन्न तनाव, विवाद र स३र्षको स्थितिलाई न्युनिकरण गर्न आव्हान गर्दछु । हाम्रो साझा र एकताबद्ध प्रयासले मात्र विश्वको शान्ति, सभ्यता, मानवता, मानवोचित व्यवहार र समृद्धिको जगेर्ना गर्न सक्दछ ।

आज विश्वमा प्रकृतिले भोगेको विपन्न र असन्तूलनलाई सम्वोधन गर्ने दायित्वबाट मानवजाती पन्छिन सक्दैन । हाम्रो दर्शनले हामीलाई त्यसको संरक्षणको दायित्व सुम्पिएको छ । दर्शन बारे कोरा बहस हाम्रो लक्ष होइन र हुनु पनि हुँदैन । यस दर्शनबाट हामी कसरी निर्देशित हुने, जीवन र जगत अनि राष्६«प्रति हाम्रो दायित्व के हुने यी विषय आजको सन्दर्भमा अझ बढी गम्भीर बन्न पुगेका छन् । हाम्रो दर्शनले हामीलाई सधै अगाडि बढ्न निर्देशित गर्दछ तर व्यवहारमा निषेधको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँदछ । असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ । आजको यो स्थिति र हाम्रो दर्शनबीच हामीले आफूलाई राखेर हेर्न सक्यौँ भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सूधार्न सहज हुनेछ ।

अन्त्यमा बहुजन हिताय, बहुजन सूखायको मूल मंत्रलाई आत्मसाथ गर्दैं अगाडि बढ्नुको हामीसँग विकल्प छैन । हामी सबै सनातनी ओमकार परिवारहरु यहि साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौँ । श्री पशूपतिनाथले धर्म संस्कृतिको पुनरुत्थान गर्नमा हामी सबैलाई शक्ति प्रदान गरुन् ।

जय नेपाल ।