महाअभियोगमाथि निर्णय लिन कांग्रेस नहतारिने

महाअभियोगमाथि निर्णय लिन कांग्रेस नहतारिने


mahat-p

नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे कांग्रेसले हतारमा निर्णय नगर्ने बताएका छन् । नुवाकोट–काठमाडौं पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री महतले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि निर्णय लिनुअघि अभियोग लागेका कार्कीले आफ्नो सफाइमा के बोल्छन् त्यो सुन्ने र सिफारिस समितिले कस्तो सिफारिस गर्छ त्यो हेरेर मात्र फैसला गर्ने प्रस्ट्याए । उचित समय आएपछि यसबारेमा कांग्रेसले आफ्नो संस्थागत निर्णय गर्ने भन्दै उनले निर्णय गर्ने दिनसम्म पार्टीले निर्णय गर्ने बताए ।

महाअभियोग प्रक्रिया लामो हुने भएकाले फुर्सदमा निर्णय गर्दा पनि फरक नपर्ने तर्क उनको थियो । लोकतन्त्र र विधिको शासनलाई जुनसुकै पार्टीले पनि आत्मसात गर्नुपर्नेमा उनले जोड दिए । कार्कीको विषयले संविधान कार्यान्यवनजस्तो महत्वपूर्ण विषय ओझेलमा पर्न नहुने मन्त्री महतको तर्क थियो।