नेता खड्काको प्रश्न : कांग्रेसका नेता पर्दा ठिक, आफू तानिए बेठिक ?

नेता खड्काको प्रश्न : कांग्रेसका नेता पर्दा ठिक, आफू तानिए बेठिक ?


khum-1

लोकमान कार्कीविरुद्ध सुनियोजित तर अप्रत्यासित रुपमा ल्याइएको महाअभियोगको प्रस्तावबारे विचार विश्लेषण नगरी अन्धसमर्थनको लहर चलिरहेको बेला नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले कार्कीविरूद्धको महाभियोगको विपक्षमा कांग्रेस उभिनुपर्ने धारणा अघिसारेका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आफ्ना कुरा राख्दै नेता खड्काले लोकमानविरूद्ध लगाइएको महाभियोगको कुनै औचित्व नभएकोले त्यसको विपक्षमा पार्टी उभिनुपर्ने तर्क गरेका हुन् । आएनएजीओ, एनजिओ र पश्चिमा मुलुकको दबाब र प्रभावमा लोकमानविरुद्ध यस्तो अभियोग लगाइएको उनको भनाई छ ।

स्वभावअनुरुप बैठकमा जुझारु रूपमा प्रस्तुत भएका खड्काले महाअभियोग प्रकरण एमालेको षडयन्त्र भएको र यसमा कांग्रेस फस्नै नहुने भन्दै यदि लोकमान गलत थिए भने अहिले होइन हिजो पनि गलतै भएको धारणा राखे। यदि उनी गलत थिए भने उनलाई नियुक्ति गर्ने नेताहरू कसरी सही हुन सक्छन् ? भनी खड्काले प्रश्न गर्दा सबै मुखामुख गरिरहेका थिए ।

आफ्नो बारेमा छानबिन हुनसक्ने भन्दै अत्तालिएर एमाले र माओवादीले यो प्रस्ताव ल्याएको दाबी गर्दै नेता खड्काले हिजो कांग्रेसका नेताहरूलाई पर्दा ठीक र अहिले एमालेका केही नेताहरूलाई पर्दा गलत कसरी हुनसक्छ ? भन्ने प्रश्न गरे । अख्तियार प्रमुखकका लागि यदि लोकमानको अयोग्यता हो भने त्यो मुद्दा अदालतमा विचारधिन रहेकोले त्यसलाई अदालतले नै फैसला गर्ने जिकीर पनि उनले गरे ।

नेपाल हिन्दु राष्ट्र हुनुपर्ने अभियानमा रहेका नेता खड्काले जनताको चाहनाविपरीत पार्टी धर्मनिरपेक्षतामा गएको दाहोर्याउँदै संविधान संशोधन गर्दा नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने माग गर्न पनि चुकेनन् ।