भारतका राष्ट्रपति नेपालमा

भारतका राष्ट्रपति नेपालमा


mukharji-in-nepal

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिवसीय नेपाल भ्रमणका लागि मित्रराष्ट्र भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमन भएको छ । सबभन्दा नजिकको छिमेकी मित्रराष्ट्र भएर पनि अठार वर्षपछि मात्र भारतका राष्ट्रपतिको नेपाल आगमन भएकोले यस भ्रमणलाई नेपालले अत्यन्त महत्व दिएको छ भने राष्ट्रपति मुखर्जीको स्वागत पनि विशिष्ट किसिमबाट गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विमानस्थलको अतिविशिष्ट कक्षमा भारतीय समकक्षी मुखर्जीको स्वागत गर्नुभएको हो ।

राष्ट्रपति मुखर्जीको स्वागत गर्नुभएको थियो । मुखर्जीको आगमनका दिन आज १७ गते बुधबार नेपाल सरकारले सार्वजनिक बिदाको घोषणा समेत गरेको छ । भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि नेपाल र भारतका झन्डा तथा स्वागत सन्देशका तुलहरु चोकचोकमा राखिएको छ। उहाँको सवारी रुटमा पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन्।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय गरिएको छ, जसअनुसार काठमाडौं महानगरपालिकाले बिहिबार अपरान्ह चार बजे राष्ट्रिय सभागृहमा मुखर्जीको नागरिक अभिनन्दन गर्ने छ । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार नेपालमा स्वागतस्वरूप राष्ट्रपति मुखर्जीलाई लाई काठमाडौं नगरको साँचो हस्तान्तरण गर्ने र नेपाल भ्रमण गरिदिएकोमा काठमाडौंका नागरिकले उहाँलाई सम्मान स्वरुप अभिनन्दन गर्ने कार्यक्रम छ । यस्तै, राष्टपति मुखर्जीको पर्सी शुक्रबार जनकपुरको तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गरिने कार्यक्रम तय गरिएको छ ।